back
CTIZAN AD

नबिल दिगो बैंकिङ कार्यक्रम सम्पन्न

वि.सं.२०७९ वैशाख १३ मंगलवार

621 

shares

काठमाडौं । नबिल बैंकले बागलुङमा नबिल दिगो बैंकिङ कार्यक्रम सम्पन्न गरेको छ । बैंकले नबिल दिगो बैंकिङ कार्यक्रम अन्तर्गत बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बैंकका संचालक समितिका सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको देश भनेर चिनिने गरेको र कृषिमा आत्मनिर्भर हुनु पर्ने कुरालाई जोड दिदै नबिल बैंकले कृषि तथा महिला उद्यमशीलतालाई मध्यनजर गर्दै सबैलाई समेट्ने गरी अगाडी बढ्न चाहेको बताइन् । नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले कार्यक्रममा बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरताको बारेमा प्रकाश पारेका थिए ।

उक्त कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गत प्रदेश सरकार, भूमी व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि बिकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, बाग्लुङ र नबिल बैंक बिच पारस्परिक साझेदारीमा वित्तीय साक्षरता, वित्तीय पहुँच र उद्यमशीलता विकास गर्न सहकार्य गरी कृषि जन्य वाली/वस्तु उत्पादन तथा प्रवर्द्धन, कृषिबजार विकास सहित व्यवसायिक कृषि उत्पादनको वृद्धि गरी रोजगारी सिर्जना गर्न सहयोग गर्न सम्झौता भएको बैंकले जनाएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट गण्डकी प्रदेशका प्रमुख सुर्य बहादुर रोका र कृषि ज्ञान केन्द्र, बागलुङका तर्फबाट कार्यालय प्रमुख भानुभक्त भट्टराईले हस्ताक्षर गरेका थिए । कार्यक्रममा नबिल बैंक सेवा उत्कृष्टता प्रमुख प्रभावती सिंह विष्ट, नबिल बैंक बागलुङ शाखा प्रबन्धक सुदर्शन कुमार अर्याल रिचर्डको पनि उपस्थिती रहेको थियो ।

नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । यो कार्यक्रम तथा कृषि ज्ञान केन्दको सम्झौता मार्फत बैंकले नबिल दिगो बैंकिङका प्रयासहरुलाई अझ बढी लक्षित वर्गमा पुयाउन सहयोग गर्ने आशा लिएको छ ।

वि.सं.२०७९ वैशाख १३ मंगलवार ११:३३ मा प्रकाशित

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...