back
CTIZAN AD

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

वि.सं.२०८३ साउन १७ आइतवार

147 

shares

काठमाडौँ । नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका सम्पन्न गरी एक हजार ४११.५४ किलोमिटर सडक निर्माण गरेको छ । सेनाको व्यवस्थापनमा हालसम्म कान्ति लोकमार्ग, कर्णाली राजमार्ग, जाजरकोट–डोल्पा, बेँसीसहर–चामे, कालीगण्डकी करिडोर, कर्णाली करिडोरलगायत आयोजना सम्पन्न भइसकेका छन् ।

सरकारले दुर्गम स्थानलाई सडक सञ्जालसँग जोड्ने क्रममा कठिन भौगोलिक बनावट, कडा चट्टानयुक्त भिर तथा निर्माण गर्न कठिन मानिएका सडकखण्डको जिम्मा सेनालाई प्रदान गर्दै आएको छ । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेत सीमित स्रोतसाधन, प्रतिकूल मौसम तथा जटिल भूबनावटको बाबजुद सेनाले यस्ता राष्ट्रिय गौरव तथा प्राथमिकताका सडक आयोजना सफलतापूर्वक कार्यान्वयन गर्नुका साथै वार्षिक ‘माइलस्टोन’ शतप्रतिशत पूरा गर्दै राष्ट्र निर्माणमा उल्लेखनीय योगदान पुर्याइरहेको बताउनुहुन्छ ।

पूर्वी नेपालको रणनीतिक महत्वको खाँदबारी–किमाथाङ्का (च्याम्ताङ्ग–घोङ्घप्पा) सडक आयोजनाअन्तर्गत सेनाले १०.५१ किलोमिटर सडक निर्माण सम्पन्न गरी गत वैशाख २८ गते सडक विभागलाई हस्तान्तरण गरेको छ । यस आयोजनाले किमाथाङ्का क्षेत्रमा स्थानीय विकास तथा भविष्यमा व्यापारिक गतिविधि प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

हाल सेनाले मुख्यगरी कर्णाली करिडोर, दार्चुला–टिङ्कर र बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ गरी तीन सडकमार्ग निर्माण गरिरहेको छ । महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर (तुषारपानी–टिङ्कर) सडक आयोजना क्षेत्रमा ७९ किलोमिटर सडक निर्माणको कार्य हुँदै आएको छ ।

अत्यन्त कठिन हिमाली भूभाग, कडा चट्टानयुक्त भिर तथा प्रतिकूल मौसमका बाबजुद १९.८० किलोमिटर सडक निर्माण गरी आर्थिक वर्ष २०८२÷८३ को शतप्रतिशत कार्य सम्पन्न भएको सेनाले जनाएको छ । हालसम्म उक्त आयोजनाको भौतिक प्रगति २५.०६ प्रतिशत छ ।

बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनाले मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने ९२ किलोमिटर जिम्मेवारी क्षेत्रमध्ये हावाडाँडा–दोभान सडक खण्ड (१८ किमी) निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । आव २०८२÷८३ सम्म सो आयोजनाको ४०.८ किमी (४४.३५ प्रतिशत) भौतिक प्रगति हासिल भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कर्णाली करिडोर सेनाले निर्माण गरिरहेको प्रमुख सडक आयोजना हो । हुम्लाको हिल्सादेखि बाँकेको जमुनाहासम्म फैलिएको ६८२ किलोमिटर लामो सो करिडोरअन्तर्गत लालीबगर–दुल्लिकुन्ना तथा घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला गरी २२.०५ किलोमिटर सडक सेनाले निर्माण गर्दै आएको छ ।

लालीबगर–दुल्लिकुन्ना खण्डको ट्र्याक निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिसकिएको छ । घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्डमा निर्माण जारी छ । आव २०८२÷८३ सम्म १९ किलोमिटर सडक निर्माण गरी शतप्रतिशत कार्य सम्पन्न गरेको छ ।

समग्रमा हालसम्म उक्त आयोजनाको भौतिक प्रगति ८६.१७ प्रतिशत हासिल भएको छ । कर्णाली करिडोरले राष्ट्रिय सडक सञ्जालसँग हुम्लालाई जोड्नका लागि नेपाली सेनाले हिल्सा–सिमकोट सडकखण्डको खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोलामा गत आसार २२ गते बेलिब्रिज जडान गरेको थियो । त्यसबाट कर्णालीको हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्दै राष्ट्रको आर्थिक तथा सामरिक महत्वलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको सेनाले जनाएको छ ।

संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सेनाले राष्ट्रिय गौरव तथा प्राथमिकता र दुर्गम स्थानलाई सडक सञ्जालसँग जोड्ने आयोजनामा नयाँ ट्र्याक निर्माण, ट्र्याक स्तरोन्नति, आवश्यक पूर्वाधार निर्माण तथा सम्बन्धित निकायलाई हस्तान्तरणसम्मका कार्य निर्धारित मापदण्डअनुसार सञ्चालन गर्दै आएको छ ।

ती आयोजनाको मूल उद्देश्य दुर्गम तथा रणनीतिक महत्वका सडकखण्ड निर्माण गरी राष्ट्रिय सडक सञ्जाल विस्तार गर्नु तथा सामाजिक, आर्थिक विकास र राष्ट्रिय सुरक्षालाई दीर्घकालीन रूपमा सुदृढ बनाउनु हो । दुर्गम क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नुका साथै आर्थिक, सामाजिक, सामरिक तथा रणनीतिक दृष्टिले राष्ट्रलाई दीर्घकालीन लाभ पुर्याएको सेनाले जनाएको छ ।

उपलब्ध स्रोतसाधनको उच्चतम् उपयोग गर्दै कठिन र चुनौतीपूर्ण भूभागमा समेत विकास निर्माणको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी राष्ट्रले सुम्पेको अभिभारा निर्वाह गर्दै आएको सेनाले जनाएको छ ।

विशेषगरी सामरिक महत्वका सडकले हिमाली, पहाडी र तराई क्षेत्रलाई जोड्नुका साथै पहुँच विस्तार गरी व्यापार, पर्यटन, विपद् व्यवस्थापन तथा स्थानीय आर्थिक गतिविधिलाई प्रवद्र्धन गर्ने आधार तयार गर्ने सेनाको विश्वास छ । नेपालको दिगो आर्थिक विकास, पहुँच विस्तार तथा राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउने आधारभूत पूर्वाधारमध्ये सडक सञ्जालको विशेष महत्व रहेको छ ।

 

वि.सं.२०८३ साउन १७ आइतवार ०७:१५ मा प्रकाशित

कारबाट १६८ किलो गाँजासहित दुई जना पक्राउ

कारबाट १६८ किलो गाँजासहित दुई जना पक्राउ

चितवन । चितवन प्रहरीले १६८ किलो लागूऔषध गाँजासहित दुई जनालाई...

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले प्रस्तावित...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...