back
CTIZAN AD

यी पाँच पालिका प्रमुखमा दोहोर्याएर मनोनयन

वि.सं.२०७९ वैशाख १४ बुधवार

681 

shares

वालिङ । आसन्न स्थानीय तहको निर्वाचनमा स्याङ्जाका एघार पालिकामध्ये पाँच पालिकाको प्रमुख/अध्यक्षमा पाँच पुरानै अनुहारले मनोनयन दर्ता गरेका छन् । पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जाका वालिङ, पुतलीबजार नगरपालिका तथा फेदीखोला, कालीगण्डकी, हरिनास गाउँपालिकाको प्रमुखमा पुरानै उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।

वालिङ नगरपालिकाको प्रमुखमा दिलीपप्रताप खाँण, पुतलीबजार नगर प्रमुखमा सीमाकुमारी क्षेत्री, फेदीखोलाको अध्यक्षमा घनश्याम सुवेदी, कालीगण्डकीको अध्यक्षमा खिमबहादुर थापा, हरिनासको अध्यक्षमा खिमनारायण मानन्धरले पदबाट राजीनामा दिएर सोही पदमा पुनः मनोनयन दर्ता गरेका हुन् ।

खाँण नेपाली कांग्रेसबाट यसअघि विजयी भएका थिए भने क्षेत्री, सुवेदी, थापा, मानन्धर यसअघिको निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका थिए । त्यस्तै उपप्रमुख÷उपाध्यक्षमा पुतलीबजार नगरपालिकामा महेश पुरी, गल्याङ नगरपालिकामा देवीसरा थापा, कालीगण्डकी गाउँपालिकामा सावित्रा कोइरालाले सोही पदमा मनोनयन दर्ता गरेका हुन् ।

सोही पदमा दोहोरिनका लागि उम्मेदवारी दिने पुरी, थापा, कोइराला यसअघिको निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका थिए । अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष चीनमाया गुरुङ भने यसपटकको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदमा मनोनयन दर्ता गराएकी छिने । नेकपा एमालेले उनलाई गाउँपालिकाको अध्यक्ष पदमा मनोनयन दर्ता गराएको हो । यसअघिको निर्वाचनमा उक्त गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसले र उपाध्यक्ष नेकपा एमालेले जितेको थियो । अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा मात्रै नेपाली कांग्रेस र नेकपा एमालेका एक÷एकजना प्रतिनिधि निर्वाचित भएका थिए भने अन्य दश वटा पालिकामध्ये सात वटामा नेकपा एमाले र तीनवटामा नेपाली कांग्रेस विजयी भएको थियो ।

 

वि.सं.२०७९ वैशाख १४ बुधवार १५:४३ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र...