back
CTIZAN AD

म्याग्दीमा तीन पालिका प्रमुखमा महिलाको उम्मेदवारी

वि.सं.२०७९ वैशाख १४ बुधवार

774 

shares

गलेश्वर । म्याग्दी जिल्लामा आसन्न स्थानीय तह निर्वाचनमा तीन महिलाले पालिका प्रमुखको पदमा उम्मेदवारी दिएका छन् ।

नेकपा (एमाले)का तर्फबाट धवलागिरि गाउँपालिकाको अध्यक्षमा थमसरा पुन, नेकपा (माओवादी केन्द्र)को तर्फबाट रघुगंगा गाउँपालिकामा मीना विक र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बेनी नगरपालिकाको प्रमुखमा मीना कुमारी शर्मा सापकोटाले उम्मेदवारी दिएका छन् जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए ।

धवलागिरि गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिई एमालेको तर्फबाट पुनः अध्यक्ष पदकै उम्मेदवार बनेकी पुन २०७४ सालको स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखमा निर्वाचित हुने एक्ली महिला थिइन् । माओवादी केन्द्र र राप्रपाले भने नयाँ अनुहारलाई पालिका प्रमुखको उम्मेदवार बनाएको हो ।

अघिल्लो निर्वाचनमा एमालेसँग तालमेल गरी बेनी नगरपालिकाको उपमेयर जितेको राप्रपाले यस पटक आफ्नै पार्टीको चुनाव चिन्ह हलोबाट मेयर र उपमेयर दुइटै पदमा आफ्ना उम्मेदवारलाई उतारेको छ । उपमेयरमा भने पूर्व जिल्ला अध्यक्ष एवं क्षेत्रीय सदस्य एकेन्द्रबहादुर रावललाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, माओवादी केन्द्रले वडाध्यक्षबाट राजीनामा दिएका रिम कटुवाललाई रघुगंगा गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

वि.सं.२०७९ वैशाख १४ बुधवार १५:२२ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र...