back
CTIZAN AD

स्थानीयतह निर्वाचन : पर्वतमा सात पालिकाका ९७ जनाले उम्मेदवारी फिर्ता दिए

वि.सं.२०७९ वैशाख १७ शनिवार

759 

shares

पर्वत । पर्वतमा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये ९७ जनाले फिर्ता लिएका छन् । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा गरी ९७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

फिर्ता लिनेमा छ जना प्रमुखका उम्मेदवार, दुईजना उपप्रमुख, २५ जना वडाध्यक्ष, १२ जना महिला वडा सदस्य, नौ दलित महिला सदस्य र ४३ जना खुल्ला सदस्यले उम्मेदवारी फिर्ता लिएका हुन् । जिल्लाको कुश्मा नगरपालिकाबाट २४, फलेवासबाट २९, मोदी गाउँपालिकाबाट छ, जलजलाबाट पाँच, विहादीबाट २३, पैँयुबाट चार र महाशिलाबाट छ जनाले उम्मेदारी फिर्ता लिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए ।

यही वैशाख ११ र १२ गते दर्ता भएका ९५७ मध्ये ९७ जनाले फिर्ता लिएपछि जिल्लाभर ८६० जनाको उम्मेदवारी कायम भएको शर्माले जानकारी दिए । उनका अनुसार प्रमुख वा अध्यक्षमा ४१, उपप्रमुखमा २६, वडाध्यक्षमा १९० जनाको उम्मेदवारी कायम भएको छ ।

त्यसैगरी महिला वडा सदस्यमा १४१, दलित महिला वडा सदस्यमा १३८ र खुल्ला सदस्यमा ३२४ जनाको उम्मेदवारी कायम भएको छ ।

पालिकाअनुसार हेर्दा कुश्मा नगरपालिकामा २०१, मोदी गाउँपालिकामा ११९, जलजला गाउँपालिकामा १३३, फलेवास नगरपालिकामा १५७, विहादी गाउँपालिकामा ७८, पैँयु गाउँपालिकामा १०० र महाशिला गाउँपालिकामा सबैभन्दा थोरै ७२ जनाको उम्मेदवारी कायम भएको छ । सात पालिका र ६१ वडा रहेको पर्वतमा ३१९ जना जनप्रतिनिधि चुनिने छन् । तीमध्ये दुईजना महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले शुक्रबार साँझ नै अन्तिम नामावली प्रकाशन गरेको हो । कुश्मा नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिएका गङ्गाधर पौडेल र बाबुराम केसीले फिर्ता लिएका छन् । दुवै जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।

वि.सं.२०७९ वैशाख १७ शनिवार ०७:५९ मा प्रकाशित

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...