back
CTIZAN AD

एमाले र माओवादी केन्द्रका तर्फबाट दुई दलित महिला सदस्यमा निर्विरोध

वि.सं.२०७९ वैशाख १७ शनिवार

762 

shares

उदयपुर । जिल्लाको दुई पहाडी गाउँपालिकाका दुई वडामा दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित हुने वडा सदस्यमा जिल्लाको रौतामाई गाउँपालिका–१ मा नेकपा (एमाले)को तर्फबाट वडा सदस्यकी उम्मेदवार फूलमाया (दियाली) विक भएको निर्वाचन अधिकृत सुवासकुमार भट्टराईले बताए ।

यस्तै जिल्लाको लिम्चुङबुङ गाउँपालिका–१ मा पनि गठबन्धन दलहरूको तर्फबाट वडा सदस्यका लागि उम्मेदवार देवकुमारी कामी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत तुलाराज सुनुवारले बताए । उनी गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)बाट सदस्यको उम्मेदवार बनी निर्विरोध निर्वाचित भएका हुन् ।

माओवादी केन्द्रबाट कलिमाया निर्विरोध निर्वाचित
जलेश्वर– आसन्न निर्वाचनका लागि महोत्तरीको बर्दिबास नगरपालिकामा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी दर्ता गराउनुभएकी एक दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

बर्दिवास नपा–७ बाट दलित महिला सदस्यमा उम्मेदवारी दिनुभएकी कलिमाया निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बर्दिवासले जनाएको छ । बर्दिवास नपाको १४ वटै वडामध्ये उनी निर्विरोध निर्वाचित हुने पहिलो उम्मेदवार बनेकी छन् ।

 

वि.सं.२०७९ वैशाख १७ शनिवार १७:५० मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...