back
CTIZAN AD

तीनदिन देखि बेपत्ता भएकी महिलाको गाडेको अवस्थामा शव फेला

वि.सं.२०७९ वैशाख १८ आइतवार

750 

shares

मङ्गलबारे । इलाम नगरपालिका–८ सिङफ्रिङमा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ ।

विगत तीन दिनदेखि बेपत्ता स्थानीय अन्दाजी ३१ वर्षीय बिनिता काफ्लेको शव गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

महिला हराएपछि आफन्त तथा स्थानीयवासीले खोजी गर्न थालेका थिए । खनेको ठाउँ देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

इलामका प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले शव माटोले छोपिएको देखिएको बताए । उनले पुरिएको शव निकालेको बताए ।

हत्या गरेर गाडेको प्रहरीले शङ्का गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । बिनिताको श्रीमान्को दुई वर्षअघि विदेशमा मृत्यु भएको परिवारको भनाइ छ । उनीहरुका चार वर्षीया एक छोरी रहेको बताइएको छ । घटना कसरी भयो भन्ने विषयमा इलाम प्रहरीले गम्भीर भएर अनुसन्धान गर्ने इलामका प्रहरी प्रमुख श्रेष्ठले बताए ।रासस

वि.सं.२०७९ वैशाख १८ आइतवार ०८:०५ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...