back
CTIZAN AD

उपसभापति गुरुङको नेतृत्वमा कांग्रेसले बनायो ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’

वि.सं.२०७९ वैशाख १८ आइतवार

732 

shares

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति धनराज गुरुङको संयोजकत्वमा ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ गठन गरेका छन् ।

सभापति देउवाले कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिको यही वैशाख २ गतेको निर्णयानुसार शनिबार सो उपसमिति गठन गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उपसमितिको सदस्यमा सहमहामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार, केन्द्रीय सदस्य नानु बाँस्तोला र सदस्यसचिवमा केन्द्रीय कार्यालयका सचिव डा प्रदीप पराजुली रहेका छन् । उपसमितिले देशभरका पालिका एवं विभिन्न स्थानमा आयोजना गरिने सभाहरूको आवश्यक समन्वय, केन्द्रीय वक्ताहरूको चयन एवं परिचालन गर्ने पार्टी कार्यालयले जनाएको छ ।

भ्रातृ सङ्घ समन्वय एवं परिचालन उपसमितिको सदस्य थप

नेपाली कांग्रेसले भ्रातृ सङ्घ समन्वय एवं परिचालन उपसमितिको सदस्य थप गरेको छ । कांग्रेसले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज आचार्यको संयोजकत्वमा रहेको भातृ सङ्घ समन्वय एवं परिचालन उपसमितिमा सदस्य थप गरेको हो ।

उक्त समितिको सदस्यमा प्रकाश पन्त तनहुँ, धना खतिवडा ललितपुर, गोमा केसी ओखलढुङ्गा, डा प्रेमध्वज लामा सिन्धुपाल्चोक, मणि उप्रेती झापा, उत्तम चापागाईँ भोजपुर, रेशम गुरुङ गोरखा, जगत बराम गोरखा, गणेश तिमिल्सिना चितवन, कुशुम थापा रुकुमपूर्व, मेघराज टण्डन कपिलवस्तु, भोजराज श्रेष्ठ सिन्धुपाल्चोक, निर्मला (निरु) खड्का ललितपुर, मोहम्मद जब्बारद्दिन मियाँ तनहुँ रहेका छन् ।

यस्तै सिर्जना मल्ल पर्वत, अनिलकृष्ण प्रसाईँ झापा, परोपकार अधिकारी काठमाडौँ, विपीन रामदम चितवन, प्रमोदहरी गुरागार्इँ काठमाडौँ, मधुकर खनाल काभ्रेपलाञ्चोक, वजरङ्ग नेपाली महोत्तरी, लाओस राई नुवाकोट, युवराज पाण्डे स्याङ्जा, सञ्जीव यादव धनुषा, दीपक भण्डारी बर्दिया, क्षितिज भण्डारी कैलाली, सन्तोष कट्टेल सोलुखुम्बु, पुनम लामा काठमाडौँ, सोपानसिंह बोहरा डोटी र हरिहर परियार कञ्चनपुर छन् ।

यसअघि पार्टीका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले केन्द्रीय सदस्य पाण्डेको संयोजकत्वमा भातृ सङ्घ समन्वय एवं परिचालन उपसमिति गठन गरेका छन् ।

वि.सं.२०७९ वैशाख १८ आइतवार ०८:०८ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...