back
CTIZAN AD

“हाम्रो साइकल यात्रा” र्‍याली सम्पन्न

वि.सं.२०७९ वैशाख १९ सोमवार

1.2K 

shares

काठमाडौं । कोका–कोला फाउन्डेसन नेपाल तथा बोटलर्स नेपाल तराइ लिमिटेड, क्रिएसन, र रिसाइक्लर साथीले शनिवार”हाम्रो साइकल यात्रा” र्‍यालीको आयोजना गर्यो। ललितपुरको जावलाखेल वीरेन्द्र सालिकबाट सुरू भएको र्‍याली धोबीघाट, सानेपा, बखुण्डोल, पुल्चोक इञ्जिनियरिङ कलेज हुँदै पाटनढोका पुगेर नागबहालमा समापन भएको थियो।

हाम्रो साइकल यात्रा डिग्निटी फर अल हरेक वर्ष फोहोरमैलामा काम गर्ने कामदारहरूलाई सार्वजनिक रूपमा सम्मान गर्न र हाम्रो वातावरण सफा र स्वस्थ राख्नमा उनीहरूको उल्लेखनीय संलग्नताको प्रशंसा गर्न आयोजना गर्ने गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा गोपालप्रसाद अर्याल, वातावरण विभाग, क्रिएसनका सद्भावना दूत अभिनेतृ के. की. अधिकारी, लगायतको उपस्थिति थियो। उक्त साइकल र्‍यालीमा करिब २५० जना सहभागी थिए। र्‍यालीपछिको स्वास्थ्य सिविरमा फोहोरमैला कामदारहरूको निस्शुल्क स्वास्थ्य, आँखा र दाँतको परिक्षण पनि गरिएको थियो।

हाम्रो साइकल यात्रा एकताको प्रतीक पनि भएको तथा सबै सरकारी तथा निजी संस्थाहरू, युवाहरू र फोहोरमैलामा काम गर्ने मजदुरहरू राष्ट्रको वातावरणीय चुनौतीहरू पहिचान गर्नका साथै स्वच्छ वातावरण कायम गर्न र फोहोरमा काम गर्ने मजदुरहरूको उल्लेखनीय योगदानको कदर गर्न एकजुट हुने आयोजकले जनाएको छ ।

हाम्रो साइकल यात्रा दिगो विकास लक्ष्य ११, रिसाइक्लिङ डे फाउन्डेसनद्वारा रिसाइक्लिङ् हिरोज थिमसँग पंक्तिवद्ध भएकाे तथा यसले यूएनइए ५.२ प्लास्टिक सन्धिलाई समर्थन गर्नेगरेकाे जनाइएकाे छ।

क्रिएसनका सद्भावना दूत अभिनेतृ के.की. अधिकारीले फोहोर व्यवस्थापन क्षेत्र र फोहोरमैलामा का गर्ने मजदुरह?को भूमिकाका बारेमा आफ्नो अन्तरदृष्टि पूर्ण भनाइ राखेकी थिइन।

“यो मेरो पहिलो हाम्रो साइकल यात्रा हो र म आज सबै सफाईकर्मी बीच रहेर यो उत्सबमा भाग लिन पाउँदा निकै

नै खुसि लागेको छ।” अभिनेतृ अधिकारीले भनिन्,” यो एउटा थेंक्स गिभिङ इभेन्ट हो जसमा हामी सफाईकर्मीको कामलाई सम्मान गर्छौं भने वहाँहरूले हाम्रो वातावरणलाई सफा राख्न मद्दत पुर्याउनु भएको छ उहाँहरूल हाम्रो नायक हनुहुन्छ।”

विपद, जोखिम होस् या कोभिड – १९ र्नै किन नहोस् यो जस्तो विसम परिस्थिमा पनि आफ्नो ज्यान जोखिममा राखेर समाजको हितको लागि काम गर्ने यी नायकहरूलाई सबैले सहि सम्मान गर्नु जरूरी भएको अधिकारीको भनाइ छ ।

नेपालमा बढ्दो जनसंख्या, शहरीकरण, उपभोक्ताहरूको अनविज्ञता र फोहोर प्रबन्ध र व्यवस्थापन सम्बन्धी उचित सरकारी संयन्त्रको अभावले गर्दा फोहोर व्यवस्थापन दशकौंदेखिको एउटा प्रमुख समस्याको रूपमा देखिएको छ। सफाईकर्मीह? या त कु नै संस्थासँग आबद्ध भएर काम गरेका हुन्छन् या स्वरोजगार रूपमा। उनीहरू फोहोर सोझै स्रोतबाट संकलन गर्छन् ।

त्यो स्रोत निजी घर, व्यापार प्रतिष्ठान, रेस्टुरेन्ट, होटल, पसल, आदि वा सडकमा पनि हुनसक्छ । काठमाडौँमा मात्र १५,हजार भन्दा बढि अनौपचारिक रूपमा सफाईकर्मीहरू काम गर्छन। उनिहरूको पेशागत सुरक्षा, सामाजिक–आर्थिक सुरक्षाको अभावमा झन् बढी जोखिम मोल्नुपर्ने हुन्छ। यी सबै अवस्थाहरूले फोहोरमा काम गर्ने तमाम सफाईकर्मीहरूलाइ गरिबी र भेदभावको चपेटामा पर्न बाध्य बनाएको छ । यसको अन्त्य गर्न सरकार, गैरसरकारी संघसंस्था, निजी क्षेत्र र आम नागरिक समाजको सहकार्यमा समावेशी नीति बनाउन ढिला गर्नुहुँदैन ।

क्रिएसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको महत्वका बारेमा मन्तव्य राखेका थिए ।

साइकल र्‍याली परिवर्तनका लागि स्वयंसेवक, नागबहालको सामुदायीक स्वास्थ्य सेवा केन्द्र तथा क्लीन अप नेपालसँगको सहकार्यमा भएको थियो। डेन्टल केयर सेन्टर, ग्रीनवे नेपाल, गल्र्स एम्पेवर्डसलाई ट्राभल, जिइटी, काठमाडौं साइकल सिटी, साइकल सिटी नेटवर्क नेपाल, काठमाडौं साइकल ग्रुप, कोरा–साइक्लिङ च्यालेन्ज २१, लायन्स इन्टरनेशनल, लायन्स क्लब अफ काठमाडौं, नेपाल साइकल सोसाइटी, रातो बंगला स्कूल, सम्सारा सिर्जना, सामाजिक भ्रमण, फोहोर व्यापार र महिला साइक्लिङ नेपालको पनि र्यालीमा सक्रिय सहभगिता थियो।

क्रिएसन के हो ?

क्रिएसन (सेन्टर फर रिसर्च एण्ड सस्टेनेबल डेभलपमेन्ट नेपाल) २००५ मा स्थापित एक गैरसरकारी संस्था हो। यसले दिगोपनमा आधारित विकासलाई बढावा दिएर सामाजिक आविष्कारहरू, प्रभावमा आधारित परियोजनाहरू, युवाहरूका लागि सिकाइ केन्द्र र माध्यमको रूपमा सेवा गर्दछ भने यसमा सम्बन्धित सरोकारवालाहरू संलग्न छन्। यसको विकासशील कार्यक्षेत्रहरूसँग सहकार्य रहेको छ भने क्रिएसनले दिगो विकासको लागि २०३० विषयलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ।

क्रिएसन नेपालको प्राविधिक प्रगति, नीति निर्माण र सामाजिक रूपान्तरणको दीर्घकालीन रणनीतिको तीव्र समर्थक हो जसले सन् २०४५ सम्ममा नेट(शून्य उत्सर्जन हासिल गर्न कार्बन(न्युट्रल, समावेशी, र जलवायु–उत्थानशील भविष्य तर्फ डोऱ्याउँछ।

क्रिएसनका चार मुख्य विषयगत क्षेत्रहरू वातावरण र दिगोपन, विपद् जोखिम न्यूनीकरण, युवा तथा स्वयंसेवा एवं शिक्षा र वकालत हुन्।

रिसाइक्लर साथी के हो ?

रिसाइक्लर साथी एउटा सामाजिक उद्यम हो, जुन २०१९ मा कोका–कोला फाउन्डेसन र बोटलर्स नेपाल तराइ लिमिटेडको सहयोगमा नेपालमा फोहोरको समस्या समाधान गर्न अनुसन्धान सहित हस्तक्षेपकारी ढंगले विकास गर्न सुरू गरिएको हो। रिसाइक्लर साथीले नेपालमा रहेका सबै प्लाष्टिक फोहोरलाई पुनः प्रयोग गर्ने फोहोरमैला व्यवस्थापन क्षेत्रलाई अभिवृद्धि गर्ने उद्देश्यले फोहोरमैलामा काम गर्ने मजदुरहरूको समग्र जीविकोपार्जन र क्षमता विकासका लागि समुदायमा रिसाइकल गर्ने समग्र फोहोर व्यवस्थापन गर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने लक्ष्य राखेको छ ।


(बोटलर्स नेपाल तराइ लिमिटेड हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छः सं)

वि.सं.२०७९ वैशाख १९ सोमवार १३:०७ मा प्रकाशित

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

काठमाडौँ । समानुपातिकतर्फको पछिल्लो मत परिणामअनुसार सातै प्रदेशको नतिजा सार्वजनिक...

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...