विराटनगर । नेपाली कांग्रेसका विराटनगर महानगरपालिकाका प्रमुखका उम्मेदवार नागेश कोइरालाले कर घटाएर दायरा बढाउने प्रतिबद्धता गरेका छन् । कोइरालाले विराटनगरका उद्योगी व्यवसायीसँग चुनावी रणनीति र तयारीबारे छलफफल गर्दै यस्तो बताएका हुन् ।
कोइरालाले चुनावी अवस्था र विराटनगरको आर्थिक तथा औद्योगिक विकासका विषयमा केन्द्रित भई छलफल गरिएको बताएका छन् । उनले करको दर घटाइ दायरा फराकिलो बनाउने विषयमा सुझाव समेत मागेका छन् ।
कोइरालाले करको दायरा बढाउने र कर घटाउने विषयमा आफू प्रष्ट भएको बताउँदै भने, “म भ्रष्टाचार गर्दिन । अरुलाई पनि गर्न दिन्न ।” कोइरालाले सडक निर्माण, शुद्ध पिउने पानीको व्यवस्था र विराटनगरको दीर्घकालीन सरसफाइ आफ्नो प्राथमिकताका कार्यक्रम रहेको उल्लेख गरे ।
वि.सं.२०७९ वैशाख १९ सोमवार १४:१८ मा प्रकाशित





























