back
CTIZAN AD

साथीमार्टको १०० औं शाखा सानेपामा, घरमै बसेर सामान किन्न सकिने

वि.सं.२०७९ वैशाख २१ बुधवार

651 

shares

काठमाडौं । साथीमार्टले ललितपुरको सानेपामा सयौ आउटलेटको उद्घाटन गरेको छ । नेपालको रिटेल चेन इतिहासमा पहिलोपटक साथीमार्टले सयौ आउटलेट सुरु गरेको दावी गरेको छ ।

मंगलबार आउटलेटको साथीमार्टका ब्रान्ड एम्बेस्डर एवं महानायक राजेश हमालले उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै हमालले साथीमार्ट इनोभेटिभ, सकारात्मक र बिस्वसनियता भएको कम्पनी भएकाले आफू जोडिएको बताए ।

उक्त सयौं आउटलेट फ्रेन्चाइज नभई कम्पनीको स्वामित्व अन्तर्गतको मोडलमा सुरु गरिएको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सीइओ सागर पोख्रेलले बताए । आउटलेटमा ग्रोसरी, इलेक्ट्रोनिक, कस्मेटिक, होमकेयर, बेबीकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् ।

सानेपा आउटलेटमा घरैमा बसेर पनि सपिङ गर्न सकिन्छ । कम्पनीको आधिकारिक वेबसाइट वा एप स्टोरमा उपलब्ध एप मार्फत अर्डर गर्न सकिने र त्यसको निःशुल्क डेलिभरी हुने सीइओ पोखरेलले जानकारी दिए । तीन वर्षभित्र १० लाखभन्दा बढी युवालाई साथी स्टार्टअप योजना अन्तर्गत स्वरोजगार बनाउने तथा नेपाली उत्पादनलाई निर्यात समेत गर्ने बताइएको छ ।

२०७८/७९ आर्थिक वर्षमा २ सय करोड (दुई अर्ब) को टर्नओभर गर्ने लक्ष्य राखेको कम्पनीले २०८०÷८१ बाट हजार करोडको टर्नओभर लक्ष्य राखेको छ भने आर्थिक वर्ष २०७९\८० सम्ममा कम्पनीको कुल भ्यालुएसन एक अर्ब पु¥याउने लक्ष्य राखेको छ जनाएको छ ।

साथीमार्टका आउटलेट पुर्वमा झापादेखि पश्चिम कैलाली दार्चुला सम्म फैलिएका छन् । जिरी, सल्यान, अर्घाखाँची लगायतका ग्रामीण भेगमा नेपालका प्राय ठुला सम्पूर्ण सहरमा फैलिएको छ ।

हाल स्टोर र कम्पनीमा ४ सयभन्दा बढी र अप्रत्यक्ष ३ हजारभन्दा बढी रोजगारी पाएको सीइओ पोखरेलले बताए । कम्पनीले विभिन्न खाद्यान्न वस्तुहरू चिया, कफी, दाल, चामल, ध्यु, पिठो, ड्राइफूड, अचार, साबुन, स्याम्पू, हेडवास जस्ता फूड र ननफूड गरी २ सय भन्दा बढी वस्तु आफैं उत्पादन गर्ने चरणमा रहेको पनि बताएको छ । साथीमार्टले २०७७ भदौ ३० गते बौद्धमा पहिलो आउटलेट खोलेर चेन स्टोर सुरू गरेको थियो ।

वि.सं.२०७९ वैशाख २१ बुधवार ०८:०५ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...