back
CTIZAN AD

‘लेखा परीक्षणको सानो त्रुटिले पनि राष्ट्रिय अर्थतन्त्रमा असर पर्छ’ : मन्त्री शर्मा

वि.सं.२०७९ वैशाख २१ बुधवार

606 

shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सबलीकरणका लागि मर्यादित र व्यवसायिक लेखा परीक्षण हुनुपर्ने बताएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले राजधानीमा आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सम्पूर्ण सम्पत्तिको सही लेखा जोखा गर्नुपर्ने दायित्वबाट लेखा परीक्षक बिमुख हुन नहुने बताए ।

कुनै पनि व्यवसाय वा सम्पत्तिको लेखा परीक्षण गर्ने क्रममा जोड–घटाउमा थोरै मात्र तलमाथी भए राष्ट्रिय अर्थतन्त्रमा नै असर गर्नेतर्फ लेखा परीक्षकहरुलाई ध्यान दिन उनले आग्रह गरेका थिए ।

‘जोड गर्नुपर्ने ठाउँमा घटाउ राखियो वा घटाउनुपर्ने ठाउँमा भाग वा गुणा गरियो भने त्यसले हिसाब मात्रै बिगार्दैन, राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो असर गर्छ भन्ने कुरामा तपाईहरु (लेखा परीक्षक)ले ख्याल राख्नुहोला’ उनले भने । लेखा परीक्षण व्यवसाय अर्थतन्त्रको मूल आधार र समग्र देशको आर्थिक चित्र देखाउने ऐना भएको उनको भनाइ थियो ।

‘निजी, सरकारी, गैर–सरकारी सबै क्षेत्रमा लेखा परीक्षण क्षेत्रले राम्रो भूमिका खेलेको छ’ उनले भने, ‘लेखा परीक्षण व्यवसायमा अत्यन्तै इमान्दारिता, स्वच्छता र जिम्मेवारी बोधको आवश्यकता छ ।’ उनले वित्तीय अनुशाशन कायम गर्न÷गराउन लेखा परीक्षकको भूमिका महत्वपूर्ण हुने बताउँदै लेखा परीक्षण कुनै संस्था वा कम्पनीको हिसाब किताबमा मात्रै सिमित नभई समग्र देशको सम्पत्ति मूल्यांकनमा पनि प्रयोग हुनुपर्ने बताए ।

कार्यक्रममा उनले गरिबी अन्त्यका लागि देशको अर्थ व्यवस्थाको ‘अडिट’ हुनुपर्ने बताए । ‘अहिले राष्ट्रिय सम्पत्तिको अडिट गर्नुपर्ने बेला भएको छ’ उनले भने । मुलुकलाई आत्मनिर्भर बनाउने गरी मुलुक भित्रको स्रोत साधनको अधिकतम उपयोग गर्ने बेलासमेत आएको उनले बताए । कार्यक्रममा आइक्यानको अध्यक्ष सिए युद्धराज ओलीले लेखा व्यवसायी सम्मेलन पहिलो पटक आयोजना भएको बताए । २ दिनसम्म चल्ने सम्मेलनबाट रााष्ट्रिय अर्थतन्त्रका बिषयमा गम्भिर रुपले चिन्तन हुने उनको भनाइ थियो ।

वि.सं.२०७९ वैशाख २१ बुधवार ०८:०२ मा प्रकाशित

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’  हुँदै, ४५ देशका सेफ दमक आउदै

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुँदै, ४५ देशका सेफ दमक आउदै

दमक । नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली...

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...