back
CTIZAN AD

श्रीलङ्काले आर्थिक सङ्कटका बेला कम आय भएका परिवारलाई विशेष भत्ता दिने

वि.सं.२०७९ वैशाख २१ बुधवार

726 

shares

कोलोम्बो । श्रीलङ्का सरकारले मे महिनादेखि तीन महिनाका लागि विद्यमान आर्थिक सङ्कटबाट प्रभावित न्यून आय भएका परिवारलाई विशेष नगद भत्ता उपलब्ध गराउने भएको छ ।

एक पत्रकार सम्मेलनमा सञ्चार मन्त्री नालाका गोदाहेवाले भने, “मुलुकमा विद्यमान आर्थिक सङ्कटका कारण न्यून आय भएका परिवारमा गम्भीर असर परेको उल्लेख गर्दै उनीहरूलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको र सरकारले यसै आवश्यकतालाई महसुस गरी यो कदम लिन लागेको हो ।”

उनले भने, “विश्व बैंक समूहअन्तर्गत सङ्कटमा आकस्मिक प्रतिक्रिया प्रणाली (सीईआरसी) कोषको ढाँचाअन्तर्गत मेदेखि जुलाईसम्म विशेष भत्ता प्रदान गर्न सोमबारको मन्त्रीमण्डलले अनुमोदन गरेको छ ।”

श्रीलङ्कामा लामो समयसम्म कोभिड–१९ तथा अन्य कारणले पर्यटकीय गतिविधि बन्द हुँदा व्यापक आर्थिक मन्दीको सामना गर्नुपरेको छ । यहाँको खाद्यान्न, आधारभूत समान तथा औषधिलगायत इन्धनमा व्यापक मूल्य वृद्धि भएको छ । सिन्ह्वा

वि.सं.२०७९ वैशाख २१ बुधवार ०८:३८ मा प्रकाशित

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...