back
CTIZAN AD

उम्मेदवारी फिर्ता लिन गरेको पौडेलको आग्रहमा चितवनका जगन्नाथले दिए यस्तो जवाफ

वि.सं.२०७९ वैशाख २२ बिहीवार

732 

shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवन नगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेटेका छन् ।

गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न भरतपुर पुगेका नेता पौडेलले वागी उम्मेदवार जगन्नाथ पौडेलसहितका टिमलाई भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

भरतपुरको होटल सिराँगचुलीमा जगन्नाथसँगै उनका प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठसँग भएको भेटका क्रममा नेता पौडेलको आग्रहलाई अस्वीकार गर्दै चितवन कांग्रेसलाई जोगाउनका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको जगन्नाथले जवाफ दिएका छन् ।

यसअघि गठबन्धनको चुनावी तालमेलको सहमति अनुसार चितवको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मेयर र कांग्रेसका चित्रसेन अधिकारी उपमेयरमा उम्मेदवारी दिएका थिए । तर, भागबण्डा अगाडि नै चितवनका नेता तथा कार्यकर्ताले भरतपुरको मेयर पद अन्य दललाई नदिने भन्दै जिल्लादेखि केन्द्रसम्म पुगेर नेताहरुको ध्यानाकर्षण गराएका थिए ।

असन्तुष्ट पक्षले केन्द्रको निर्देशनलाई समेत लत्याउँदै जगन्नाथलाई स्वतन्त्र उम्मेदवारको रुपमा मेयर पदमा बागी उम्मेदवार उठाएको हो । यसअघि पनि गठबन्धनका नेताहरुले जगन्नाथको उम्मेदवारी फिर्ता गराउने प्रयास गरेका थिए ।

यहि बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि गठबन्धनबीच भएको तालमेल तथा भागबण्डा अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललिलपुर र विरानटगर, नेकपा माओवादी केन्द्रले भरतपुर, एकिकृत समाजवादीले पोखरा र जसपाले विरगन्ज महानगरपालिका लिने सहमति भएको थियो । यद्यपी नेपाली कांग्रेसका स्थानीयतहका नेता तथा कार्यकर्ताले केन्द्रको निर्णयलाई लत्याउँदै केही महानगरमा बागी उम्मेदवारी दिएका हु्न् ।

चितवनमा रेनु दाहालविरुद्ध कांग्रेस नेता जगन्नाथ बागी उठेझै पोखरामा पनि नेकपा एकिकृत समाजवादी पार्टीका मेयरका उम्मेदवार धनराज आचार्यविरुद्ध कांग्रेसका बिमल बहादुर कार्कीले बागी उम्मेदवारी दिएका छन् । साथै गोरखाको पालुङटार नगरपालिका र गोरखा नगरपालिकामा पनि  मित्रवतरुपमा जाने निर्णय गरेका छन् । यसअघि पालुङटारको मेयरमा जसपाका उम्मेदवार प्रेम गुरुङलाई समर्थन गर्ने भनिए पनि कांग्रेसभित्र सहमति हुन नसकेपछि बुधबार जिल्ला सभापति नन्द प्रसाद न्यौपानेले विज्ञप्ति जारी गरेरै दुवै पार्टीबीच मित्रवत व्यवहार गरेर अगाडि बढ्ने सहमति भएको बताएका थिए ।

वि.सं.२०७९ वैशाख २२ बिहीवार १०:५६ मा प्रकाशित

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

गण्डकी । कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप...

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ । प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना...

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

गलकोट (बागलुङ) । दिगो पर्यटन प्रवद्र्धन परियोजनाले निसीखोला र ढोरपाटनमा...