back
CTIZAN AD

आफुलाई महासचिवबाट हटाएपछि विप्लवले गरे लोहनी र चलाउनेलाई पार्टीबाट निलम्बन

वि.सं.२०७९ वैशाख २२ बिहीवार

888 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनी र दीपक चलाउनेलाई कारबाही गरेका छन् ।

पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ द्धारा जारी विज्ञप्तिमा केन्द्रीय समितिको सचिवालय बैठकबाट लोहनी र दीपक चलाउनेलाई निलम्बन गरिएको जनाइएको छ ।

‘पार्टीभित्र गुटबन्दी गरेर पार्टी फुटाउने, जनक्रान्तिलाई बिर्सजन गर्ने पार्टी नयाँ ढंगले स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिका विरुद्ध अफवाह फैलाउने, पार्टी नेतृत्वको विरुद्ध विष बमन गर्ने, अन्ततः पार्टी, एकिकृत जनक्रान्ति, पार्टी पद्दति र अनुशासन विरुद्ध अक्षम्य गल्ती गरेका कारण केन्द्रीय सदस्य क.दीपक चलाउने र क. गुणरज लोहनीलाई पार्टी केन्द्रीय समितिको सचिवालय बैठकको निर्णयले पार्टी जिम्मेवारीबाट मुक्त गरि निलम्बन गरेको छु ।’ प्रवक्ता विश्वकर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

May be an image of 2 people, beard, people standing and outdoors

पार्टीभित्र चरम विवाद देखिएपछि विप्लव नेतृत्वको नेकपा माओवादीभित्र एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने क्रम चलिरहेको छ । बुधबारदेखि चितवनमा बसेको हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको पक्षको भेलाले विप्लवलाई पार्टीको महासचिवबाट हटाएको विज्ञप्ति जारी गरेको केही समयमै विप्लव पक्षका प्रवक्ता विश्वकर्माले लोहनी र चलाउनेलाई केन्द्रीय सदस्यबाट निलम्बन गरेको विज्ञप्ति जारी गरेका हुन् ।

वि.सं.२०७९ वैशाख २२ बिहीवार १०:१६ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...