राजविराज । गृहमन्त्री बालकृष्ण खाणले लोकतन्त्रलाई मजबुत बनाउनका निर्वाचनमा मैत्रीपूर्णरूपमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । सप्तरीको राजविराजमा आज नेपाली कांग्रेसका कार्यकर्तासँगको भेटघाटमा गृहमन्त्री खाणले यस्तो बताएका हुन् ।
गृहमन्त्री खाणले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको भएको बताएका छन् । उनले निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढङ्गबाट सम्पन्न गराउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले निर्वाचन सम्पन्न भएपछि देशले परिर्वतनको गति लिने भन्दै नेपाली कांग्रेस लोकतन्त्रको रक्षा गर्ने पार्टी भएको बताए । उनले मुलुकमा लोकतन्त्रको सुदृढीकरणका लागि कांग्रेसलाई मत दिन आग्रह पनि गरेका छन् ।
वि.सं.२०७९ वैशाख २२ बिहीवार १५:४० मा प्रकाशित






























