back
CTIZAN AD

कांग्रेस नेता जीतनारायणले प्रचण्डलाई भने–रेनुलाई जिताउछौ तर विगतमा जस्तो धोका नहोस्

वि.सं.२०७९ वैशाख २२ बिहीवार

648 

shares

चितवन । नेपाली कांग्रेस चितवन जिल्लाका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले भरतपुर महानगरमा रेनु दाहाललाई जिताउन आफुहरु तयार रहेको बताएका छन् ।

पाँच दलीय गठबन्धनद्धारा बिहीबार चितवनको भरतपुरमा आयोजित आमसभामा सम्बोधन गर्ने क्रममा महानगरको मेयरमा रेनुलाई जिताउन आफुहरु तयार रहेको तर विगतमा जस्तो धोका हुन नहुने आग्रह गरेका छन् ।

‘हाम्रो सोझो सभापति जे भन्यो त्यही गर्नुहुन्छ, भोलिका दिनमा ढाँट्ने काम धोका दिने काम नहोस्,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई इंगित गर्दै उनले भने, ‘जे प्रतिवद्धता पाँच वर्षअघि गरेका थियौं, त्यो तीन महिनापछि टुट्यो ।’

नेपाली कांग्रेस चितवनले आफुहरु गठबन्धनका उम्मेदवारलाई जिताउन तयार रहेको बताउँदै पार्टीको निर्णय भन्दा अगाडि आफुहरुमा केही गुनासो भएपनि अहिले एक ढिक्का भएर अगाडि बढ्ने बताए ।

चितवन कांग्रेस यतिबेला स्पष्टरुपमा दुई धारमा देखिएको छ । केन्द्रको निर्णयसँग असन्तुष्ट बनेका एक पक्षले जगन्नाथ पौडेलाई स्वतन्त्र उम्मेदवारमा उठाएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बिहान जगन्नाथलाई भेटेर उम्मेदवारी फिर्ता लिन गरेको आग्रहमा जगन्नाथले चितवनमा नेपाली कांग्रेसलाई जोगाउन आफुले स्वतन्त्र उम्मेदवारी दिएको र फिर्ता नलिने अडान दोहोर्याएका थिए ।

उम्मेदवारी फिर्ता लिन गरेको पौडेलको आग्रहमा चितवनका जगन्नाथले दिए यस्तो जवाफ

वि.सं.२०७९ वैशाख २२ बिहीवार १४:५१ मा प्रकाशित

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

गण्डकी । कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप...

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ । प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना...

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

गलकोट (बागलुङ) । दिगो पर्यटन प्रवद्र्धन परियोजनाले निसीखोला र ढोरपाटनमा...

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गरेर...