back
CTIZAN AD

पैयूँमा दुई पक्षबीच मुख्य प्रतिस्पर्धा, यस्तो छ पैयूँका सबै उम्मेदवारको विवरण

वि.सं.२०७९ वैशाख २२ बिहीवार

1.2K 

shares

पर्वत । गण्डकी प्रदेश पर्वत जिल्लाको पैयूँ गाउँपालिकामा द्धिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट अध्यक्षमा उठेका तोरण मल्ल (राज) र नेकपा एमालेको तर्फबाट उम्मेदवार भएका महेन्द्र श्रेष्ठबिच प्रतिस्पर्धा हुने देखिएको हो । नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार सन्तोष न्यौपाने तथा स्वतन्त्र उम्मेदवार विकास श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै मुख्यतः दुई पक्षका बीचमा चुनावी टकराव हुने भएको हो ।

कांग्रेस र बामपन्थी राजनीतिमा लामो समयदेखि लागेका र योगदान गरेका अन्य व्यक्तिहरूको ठुलै संख्या रहेको पैयूँमा यी दुवै उम्मेदवारलाई युवा भनेर प्रचार गरिएको छ । माओवादी र अन्य दल सम्मिलीत कांग्रेस नेतृत्वको गठबन्धनले तरूण दल पर्वतका नेतासमेत रहेका तोरण मल्ल राज र एमालेले गण्डकी प्रदेश सदस्य महेन्द्र श्रेष्ठलाई पालीका अध्यक्षको उम्मेदवार बनाएको छ । यसैगरी, उपाध्यक्षमा नेपाली कांग्रेससहितको गठबन्धनले युवा नेतृ जानकी प्रधान र एमालेले जिससकी उपप्रमुख भेसकेकी याम कुमारी रानालाई मैदान दिएको छ । यी दुवै प्रतिस्पर्धीहरू घरदैलो अभियानमा व्यापकरूपले लागी रहेका छन् ।

निर्वाचन आयोगका अनुसार पैयूँको अध्यक्षमा महेन्द्र श्रेष्ठ र राज मल्ल बाहेक राप्रपाका थनु मल्ल तथा स्वतन्त्रबाट भीम प्रताप सेन र गंगाधर काफ्ले रहेका छन् भने उपाध्यक्षमा याम कुमारी राना र जानकी प्रधान बाहेक स्वतन्त्रबाट दण्डपाणी न्यौपाने रहेका छन् ।

No description available.

वडा अध्यक्षतर्फ १ नं मा गठबन्धनको तर्पबाट नेपाली कांग्रेसका मिनप्रसाद न्यौपाने र एमालेका प्रेमबहादुर राना, महिला सदस्यमा माओवादीकी अम्बिका न्यौपाने, नेकपा एसका खीम न्यौपाने, नेपाली कांग्रेसका टीकाराम न्यौपाने, बेलमाया गुरुङ्ग, पुर्णीमा नेपाली, राष्टिय जनमोर्चाका भीमलाल न्यौपाने, नेकपा एमालेका शंकर न्यौपाने, ठानदेउ न्यौपाने, विष्णु थापा र मधु नेपाली रहेका छन् ।

वडा नं २ को अध्यक्षमा गठबन्धन तर्फबाट माओवादीका तेज राना, एमालेका नरभुपाल काफ्ले, राप्रपाका ख्यामराज बस्याल, जनमुक्ति पार्टीका टेकबहादुर राना तथा सदस्यहरूमा नेपाली कांग्रेसका यामप्रसाद बस्याल, सरीता राना, डीलमाया सार्की, माओवादीका इन्द्र काफले, जनमुक्तिका याम थापा, ओम थापा, युवा राना मगर र नीता सुनार, राप्रपाका मेघनाथ बसेल, नेकपा एमालेका गोमानसिंह थापा, थमबहादुर थापा, यता कुमारी श्रेष्ठ र इश्वरी सार्की रहेका छन् ।

वडा नं ३ को अध्यक्षमा नेकपा एमालेका चन्द्र थापा, नेकपा एसका याम थापा र नेपाली कांग्रेसका थानप्रसाद भुसाल तथा सदस्यहरूमा माओवादीका गीरी काफले, हरि कुमारी शर्मा र लालबहादुर थापा, एमालेका हिमलाल भटराई, ओम थापा, मिठु क्षेत्री र रेजीना सुनार तथा एसका प्रेम बहादुर थापा र यमुना चापागाई तथा कांग्रेसका खैसरा सुनार रहेका छन् ।

वडा नं. ४ को अध्यक्षमा कांग्रेससहितको गठबन्धनबाट दिलिप सेन, एमालेबाट टुकलाल न्यौपाने, एसबाट धनपति भुसाल, राप्रपाबाट देवेन्द्र बस्याल र स्वतन्त्रबाट मेखबहादुर राना तथा सदस्यहरूमा माओवादीका देवीप्रसाद शर्मा, यमकली नेपाली, कांग्रेसका केशव रिजाल, सीता न्यौपाने, एमालेका नुमाखर बसेल, ललित प्रताप सेन, पेमा भण्डारी र शर्मिला नेपाली तथा समाजवादीका यज्ञ बसेल रहेका छन् ।

वडा नं ५ को अध्यक्षमा कांग्रेससहितको गठबन्धनबाट उमाकान्त भुर्तेल, एमालेका नारायण भुर्तेल र स्वतन्त्रबाट गणेश बसेल तथा सदस्यहरूमा नेपाली कांग्रेसका तारा प्रसाद भुर्तेल, दीलमाया भुर्तेल माओवादीका ओम प्रकाश भुर्तेल र सीता बिक, एमालेका लीला भुसाल, टामप्रसाद तिवारी, धर्मागत न्यौपाने र उमादेवी बिक रहेका छन् ।

वडा नं ६ को अध्यक्षमा माओवादी सहितको गठबन्धनबाट कांग्रेसका पिताम्बर न्यौपाने र एमालेका गंगाधर अधिकारी तथा सदस्यहरूमा माओवादीका डोलप्रसाद सापकोटा र दीपेन्द्र कार्की,कांग्रेसका खेम कुमारी अधिकारी र सुकमति सुनार तथा एमालेका बिष्णु प्रसाद भण्डारी, बिनय राना, चन्द्रकला न्यौपाने र मन कुमारी बिक तथा राप्रपाका उमाकान्त तिवारी र एसका झलकदत्त न्यौपाने रहेका छन् ।

वडा नं ७ को अध्यक्षमा कांग्रेसका तोयानाथ शर्मा र एमालेका गंगाबहादुर गुुरुङ तथा सदस्यहरूमा माओवादीका हरिप्रसाद पैनी, कांग्रेसका पदम आले, धन कुमारी शर्मा र डिलमाया सुनार, एमालेका डिल बहादुर सुनार, बीर बहादुर गुरूङ, देवी सापकोटा र डल्ली बिक तथा राप्रपाका खडकबहादुर राना रहेका छन् ।

No description available.

पैयूँमा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्षसहित ७ वटै वडाका अध्यक्ष र सदस्य गरी ३७ उम्मेदवार खडा गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले ३ वटा वडाको अध्यक्ष र १२ जना सदस्य गरी १५ जनालाई गठबन्धनबाट उम्मेदवार बनाएको छ । पैयूँमा अध्यक्ष र उपाध्यक्षसहित २२ पदमा नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ । नेकपा एस, राष्ट्रिय जनमोर्चा, राप्रपा र जनमुक्ति पार्टीले पनि उम्मेदवारी दिएको पैयूँमा स्वतन्त्र उम्मेदवारहरू पनि रहेका छन् ।

मुख्यतः दुई समूह प्रतिस्पर्धी रहेको पैयूँमा अन्य साना दल र स्वतन्त्र उम्मेदवारलाई भोटका लागि सहमति गराउने प्रयास दुवैतर्फबाट गरिएको छ । अतिरञ्जना, उत्तेजना र अफवाहमा विश्वास नगरी जस्ले जितेपनि लोकतन्त्र बलियो बनाउनुपर्ने धारणा सार्वजनिक भएकाले निर्वाचन स्वच्छ हुने अनुमान गरिएको छ । पैयूँलाई बस्न योग्य थलो बनाउने सपना सांचेका नागरीकहरूले बैशाख ३० गते नयाँ नेतृत्व चुन्नेछन् ।

वि.सं.२०७९ वैशाख २२ बिहीवार १४:५० मा प्रकाशित

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

गण्डकी । कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप...

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ । प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना...

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

गलकोट (बागलुङ) । दिगो पर्यटन प्रवद्र्धन परियोजनाले निसीखोला र ढोरपाटनमा...