back
CTIZAN AD

महानगरलाई भ्रष्टाचार शुन्य गराउँदै विकासमा जोड दिइने कोइरालाको प्रतिवद्धता

वि.सं.२०७९ वैशाख २२ बिहीवार

687 

shares

मोरङ । विराटनगर महानगरपालिका प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले पालिकालाई भ्रष्टाचार शुन्य गराउने बताएका छन् । उनले विराटनगर–१३ मा आज गठबन्धन दलका महानगरपालिकाका प्रमुख, उपप्रमुखका उम्मेदवारसँग आयोजित पत्रकार सम्मेलनमा महानगरलाई भ्रष्टाचार शुन्य गराउँदै विकासमा जोड दिइने उल्लेख गरे ।

कोइरालाले महानगरमा गुणस्तरीय सामुदायिक विद्यालय, हरभरा, सफा सहर, जनताको पालिकामा सहज पहुँच तथा कर्मचारी भर्ती केन्द्र नबनाइने विषयलाई प्राथमिकताकासाथ लागू गर्ने जानकारी दिए । यसैगरी जसपाबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादवले समावेशी, बाढीमुक्त सहर, स्वच्छ खानेपानी, सहज स्वास्थ्य उपचार र सुकुम्वासी समस्यामुक्त, दोश्रो ठूलो सहर निर्माणमा ध्यान केन्द्रीत गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले प्रदेशको स्थायी राजधानी रहेको यो सहरमा बिराट राजा दरवारको संरक्षणलगायत अन्य आकर्षण केन्द्रको निर्माण गरी पर्यटक मैत्री बनाउने विश्वास दिलाउनुभयो । वडा नं १३ का जसपाका अध्यक्षका उम्मेदवार बालदेव यादवले सबैको सहयोगमा जनताको आवश्यक्तालाई ध्यानमा राखी कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

वि.सं.२०७९ वैशाख २२ बिहीवार १४:३७ मा प्रकाशित

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

गण्डकी । कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप...

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ । प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना...