
महेन्द्रनगर । युएईमा कार्यरत एक युवक मृत भेटिएका छन् ।
बेदकोट नगरपालिका ४ कन्चनपुरका विजयनगर बगुनका २२ वर्षीय खड्क साउद सुतेकै कोठामा मृत फेला परेका हुन् ।
बेदकोट नगरपालिकाका मेयर असोक कुमार चन्दका अनुसार उनी आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको खबर परिवारलाई प्राप्त भएको थियो ।
‘हिजो आफ्नै कोठामा झुण्डिएको अवस्था शव भेटिएको भन्ने खबर परिवारलाई आएको छ,’ उनले भने, ‘के कति कारणले मृत्यु भएको हो जानकारी आइसकेको छैन।’ प्रमुख चन्दले भनेका छन् ।
हाल मृतक साउदको शब पोष्टमार्टमका लागि अस्पतालमा राखिएको बताएका चन्दले उनको शब नेपाल ल्याउनका लागि सहयोग गरिदिन समेत युएईमा रहेका नेपालीबीच अपिल गरेका छन् ।
गत असोजमा बिहे गरेका साउद दुई महिना अघि मात्र रोजगारीका लागि युएई पुगेको मेयरले चन्दले बताएका छन् ।