back
CTIZAN AD

स्थानीय तह निर्वाचनपछि देशले विकासको गति लिन्छ  : मन्त्री आले

वि.सं.२०७९ वैशाख २७ मंगलवार

690 

shares

डोटी । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि देशभर अधुरा रहेका विकासका कामले पूर्णता पाउने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी)ले डोटीको जोरायल गाउँपालिकामा आयोजना गरेको बृहत सभालाई सम्बोधन गर्दै मन्त्री आलेले देश विकास गर्नकै लागि पाँच दलीय गठबन्धन भएको उल्लेख गरे । स्थानीय तहको निर्वाचनपछि गठबन्धनको सरकारले अधुरा रहेका विकासका कामलाई पूर्णता दिने उनकोे भनाइ थियो ।

मन्त्री आलेले भने, “देश विकास गर्न तथा नागरिकलाई सुख सुविधा दिन पाँच दलीय गठबन्धन गरेका हौँ, स्थानीय तह निर्वाचन पछि अधुरा काम सम्पन्न गर्न सहज हुनेछ ।” गठबन्धनका उम्मेदवारलाई जिताउनसमेत उनले सबैमा आग्रह गरे ।

 

वि.सं.२०७९ वैशाख २७ मंगलवार ११:२० मा प्रकाशित

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र...

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

दशरथचन्द(बैतडी) । महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका...

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिका–११ सेहरी–जोकैया भएर बग्ने खोलामा मोटर...