back
CTIZAN AD

निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा

वि.सं.२०७९ वैशाख २८ बुधवार

756 

shares

डोटी । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरुमा मतपत्रसहितका निर्वाचन सामग्री पु¥याइएको छ । जिल्ला निर्वाचन कार्यालय सिलगढीबाट मङ्गलबार मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्री लिएर आफूलाई खटाइएको केन्द्रमा पुगेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेका अनुसार यहाँका दुई नगरपालिकासहित सात गाउँपालिकामा रहेका सम्पूर्ण मतदान केन्द्रका मतदान अधिकृतहरुलाई मतपेटिका, मतदाता परिचयपत्र, मतदाता नामावली लगायतका ६४ प्रकारका सामग्री प्रदान गरी पठाइएको र केही ठाउँमा मङ्गलबार नै पुगेका र दुर्गम ठाउँमा आज पुगिसक्ने बताए । मतदानस्थलमा नेपाली सेना, म्यादीसहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका टोली पनि पुगिसकेका छन् ।

निर्वाचनका लागि नौ पालिकामा ११५ मतदानस्थल तथा मतदान केन्द्र तोकिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान केन्द्रमा सुरक्षाकर्मीबाहेक सातजना कर्मचारी खटिनेछन् । एउटा केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, दुईजना सहायक कर्मचारी र एकजना सहयोगी कर्मचारीको प्रबन्ध गरिएको छ । त्यसैगरी मतदान अधिकृतले तीनजना स्वयंसेवक नियुक्त गर्न सक्नेछन् ।

निर्वाचनमा खटिएका मतदान अधिकृत लगायतका सबै कर्मचारीले नियुक्तिपत्र र निर्वाचन सुविधासमेत मङ्गलबार नै बुझेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आसन्न निर्वाचनमा जिल्लामा एक लाख २३ हजार ५५३ मतदाता छन् ।

 

वि.सं.२०७९ वैशाख २८ बुधवार १३:०७ मा प्रकाशित

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...