back
CTIZAN AD

पैयूँमा एमाले उम्मेदवार पैसासहित समातिएपछि दलहरुबीच आरोप प्रत्यारोप

वि.सं.२०७९ वैशाख २८ बुधवार

840 

shares

काठमाडौं । पर्वतको पैयूँ गाउँपालिकामा नेकपा (एमाले)को तर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार यामकुमारी राना पैसासहित समातिएको विषयले पैयूँको राजनीतिमा तरंग सिर्जना गरेको छ । राना मौन अवधि सुरु हुनै लाग्दा मंगलबार राती पैयूँ ४ बेशिथोकबाट समातिएकी थिइन् । उनलाई स्थानीयले पैसासहित समातेर प्रहरीकोमा बुझाएका थिए ।

इलाका प्रहरी कार्यालय पैयूँका अनुसार रानालाई ५४ हजार ५ सय नगदसहित स्थानीयले मंलगबार राती प्रहरीको बुझाएका थिए । प्रहरीले रानालाई सर्वपक्षीय छलफल पछि छाडेको थियो । रानालाई पक्राउ गरिएको र छाडिएको घटनापछि अहिले पैयूँको राजनीति तात्तिएको छ ।

वाम लोकतान्त्रिक गठबन्धनले एमालेलाई मतदातालाई लोभ्याउने अवान्छित क्रियाकलाप रोक्न चेतावनी दिएको छ । घटनाबारे गठबन्धनको तर्फबाट एक विज्ञप्ति सार्वजनिक गर्दै गठबन्धनको चुनाव परिचालन समितिका संयोजक एक नारायण न्यौपानेले स्थानीय प्रशासनलाई घटनाको छानबिन गरी अबिलम्ब कारबाहीको माग गरेका छन् । उनले यस्ता क्रियाकलाप नदोहो¥याउन पनि एमालेलाई चेतावनी दिएका छन् ।

यता, नेकपा (एमाले)ले भने उक्त घटना गलत मनासायसाथ गरिएको भन्दै घटनामा सलग्नमाथि कारबाहीको माग गरेको छ । एमालेले पैसा समातिएको विषय झुट भएको भन्दै आफ्ना उम्मेदवारलाई गठबन्धनका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएको छ । एमालेले उम्मेदवार रानामाथि गरिएको आक्रमणको छानबिन गरि कारबाहीको माग गरेको छ ।

एमालको पैयूँ गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा रानामाथि आक्रमण गर्ने र अभद्र व्यवहार गर्ने सबैमाथि छानबिन गरि कारबाहीको माग गरिएको छ । घटनाबारे एमालेको जिल्ला कमिटी पर्वत र पैयूँ कमिटीले बेग्लाबेग्लै विज्ञप्ति निकालेर स्थानीय प्रशासनलाई अबिलम्बन छानबिन गरी कारबाहीको माग गरेका छन् ।

मलाई फसाउन खोजियो : राना

पैसासहित समातिएकी एमाले उम्मेदवार यामकुमारी रानाले भने आफ्नो राजनीतिक करिअर नै समाप्त पार्ने नियतसहित आफुँविरुद्व घटना घटाइएको आरोप लगाएकी छिन् । आफु चुनाव प्रचार प्रसारको काम सकेर बिरामी आफ्ना कान्छा ससुरालाई भेट्न गइरहेको बेला उक्त घटना योजनाबद्ध घटाइएको उनको आरोप छ ।

उनले कांग्रेस र माओवादीका कार्यकर्ताले आफुँमाथि आक्रमण गर्दै कागजपत्र र पर्ससमेत नियन्त्रणमा लिई चरित्रहत्या गर्ने योजनाअनुसार प्रहरीमा पु¥याएको दाबी गरेकी छिन् । उनले घटनामा संलग्नको नामसहित कारबाहीको पनि माग गरेकी छिन् ।

वि.सं.२०७९ वैशाख २८ बुधवार १३:३८ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...