काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले साधारण शेयर(आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १० गतेदेखि साधारण शेयर(आईपिओ) निष्काशन गर्ने भएको हो ।
कम्पनीले प्रति कित्ता १ सय अंकित ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गर्न लागेको जनाएको छ । कम्पनीले आयोजना प्रभावितका लागि जारी गरेको शेयर बाँडफाँड गरिसके पछि बाँकी १५ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ ।
शेयरका लागि कम्तीमा १० कित्ता र बढिमा १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । शेयर आवेदन बन्द हुने समय छिटोमा जेठ २४ गते र ढिलोमा असार ८ गतेसम्म रहने कम्पनीले जनाएकोछ । कम्पनीको शेयर निष्काशनका लागि एनएमबी क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ ।
वि.सं.२०७९ वैशाख २८ बुधवार १३:४३ मा प्रकाशित


























