back

पानी नपर्दा मकै रोप्न समस्य

वि.सं.२०७९ वैशाख २८ बुधवार

105 

shares
NTC AD
Global IME AD

जाजरकोट । आकाशे पानीको भरमा लगाइने मकैबाली पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसान समस्यामा परेका छन् । सिँचाइ सुविधा नभएका कारण आकाशे पानीकाभरमा मकैखेती गर्दै आएका किसानले वैशाखको अन्तिमसम्म पनि मकै रोप्न नपाएका हुन् ।
पहाडी भूभागका साथै भिरालो जमिन भएका कारण यहाँ नहरको पानीले सिँचाइ गर्न मुस्किल छ । पाइपमा पानी लगेर सिँचाइ गर्न सकिने भए पनि पाइपको अभावमा सिँचाइ गर्न नसकिएको नलगाड– ८ का शेरबहादुर खत्रीले बताए ।

वैशाखमा मकै रोप्न नसके उत्पादनमा भारी गिरावट आउने गर्दछ । केही हुने खाने स्थानीय बासिन्दाले सिँचाइ गरेर मकै रोपेपनि ७०% किसानको खेतबारी बाँझिएको खत्रीले बताए । त्यस्तै खेतमा धानको ब्याड राख्ने समय सुरु भए पनि पानीकै अभावमा सो काम प्रभावित भएको छ । स्थानीय तहको चुनाव आउन दुई दिन बाँकी रहेकाले यहाँ पनि निर्वाचनको व्यापक तयारी रहेको छ । तर पानी अभावमा खेतबारी बाँझिएकाले किसान भने चिन्तित भएका छन् । असिनाले गहुँबालीमा क्षति पुर्याएका कारण पीडित भएका किसान यो याममा मकै रोप्ने तयारीमा थिए । वर्षा नभएकाले जमिन बाँझो हुँदा पशुचौपायलाई चरिचरण पनि हुन नसकेको उनीहरुको भनाइ छ ।

 

वि.सं.२०७९ वैशाख २८ बुधवार १५:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना...

विपिनको रिहाइका लागि थप प्रयास गर्न प्रधानमन्त्रीसँग जोशी परिवारको अनुरोध

विपिनको रिहाइका लागि थप प्रयास गर्न प्रधानमन्त्रीसँग जोशी परिवारको अनुरोध

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन...

संरक्षणको पर्खाइमा धरानको निशानदेवी मन्दिर

संरक्षणको पर्खाइमा धरानको निशानदेवी मन्दिर

धरान (सुनसरी) । धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा...

बिजुलीको तार खसेर आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

बिजुलीको तार खसेर आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी...

तीन जिल्ला जोड्ने तल्लुको पुल निर्माण अन्तिम चरणमा

तीन जिल्ला जोड्ने तल्लुको पुल निर्माण अन्तिम चरणमा

काँक्रेविहार (सुर्खेत) । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा...

लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

मान्म (कालीकोट) । कालीकोटका लेकाली भेगमा पाइने जडीबुटी लोप हुने...