back
CTIZAN AD

राष्ट्र बैंकले गर्यो सातामा २ दिन विदाको व्यवस्था

वि.सं.२०७९ वैशाख २८ बुधवार

630 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले साताको २ दिन विदा दिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले जेठ १ देखि लागू हुनेगरी कार्यालय समय संशोधन गरेको हो । साताको २ दिन विदा दिएसँगै कार्यालय समय साढे ९ देखि ५ बजेसम्म कायम गरिएको छ ।

राष्ट्र बैंकका अुनसार जेठ १ देखि सोमबारदेखि शुक्रबारसम्म साढे ९ देखि साढे ५ बजेसम्म कार्यालय समय रहेको छ । यस्तै कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान साढे ९ देखि अपरान्ह साढे ४ बजेसम्म रहेको छ ।

सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारको निर्णयसँगै राष्ट्र बैंकले कार्यालय समय संशोधन गरेको हो । केन्द्रीय बैंकका अनुसार २०७९ सालको लागि निर्धारण गरिएका दशैं र तिहारका लागि सार्वजनिक बिदाबाहेक अन्य विदा लगातार २ दिन भन्दा बढी भएमा तेस्रो दिनदेखि बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभागबाट प्रवाह हुने सेवा, आरटिजीएस सेवा सञ्चालन हुने छ ।

यस्तै मौद्रिक व्यवस्थापन विभागबाट प्रवाह हुने सेवा लगायत अन्य अत्यावश्यक सेवाहरु, प्रदेशका कार्यालय आवश्यकता अनुसार सञ्चालन हुनेछन् । बैंकिङ कारोबार समय सोमबारदेखि शुक्रबारसम्म बिहान साढे ९ देखि साँझ ४ बजेसम्म र कायम गर्ने तर कात्तिक १६ देखि माघ १५ गतेसम्म बैंकिङ कारोबार समय बिहान साढे ९ देखि अपरान्ह साढे ३ सम्म कायम रहने बताइएको छ ।

यस्तै शुक्रबारका लागि पनि बैंकको निर्धारित कार्यालय पोशाक कायम गर्ने, हप्तामा २ दिन बिदा हुँदा हप्ताभरी सम्पन्न गरिएका कार्यहरुको सूची दैनिकी तथा सेवा प्रवाहको संख्या अध्ययन तथा मूल्याङकनका लागि अभिलेखमा राखिने बताइएको छ ।

वि.सं.२०७९ वैशाख २८ बुधवार १५:३१ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...