
काठमाडौं । पोखरा महानगरपालिकाको जारी मतगणना अनुसार मेयर पदका उम्मेदवार नेकपा (एकिकृत समाजवादी) का धनराज आचार्यले अग्रता लिएका छन् ।
हालसम्म गणना गरिएको मत परिणाम अनुसार गठबन्धनबाट साझा उम्मेदवार रहेका आचार्य एमालेका उम्मेदवार कृष्ण थापा भन्दा ३० मतले अग्रता कायम गरिरहेका छन् ।
कूल १ हजार ६०० मत गणना गर्दा आचार्यले ६१३ मत ल्याएका छन् भने थापाले ५८३ मत प्राप्त गरेर दोस्रोमा रहेका छन् ।
त्यस्तै राप्रपाबाट मेयरका उम्मेदवार रहेका शंकर खरालले ९८ र स्वतन्त्र उम्मेदवार गणेश पौडेलले ३६ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसबाट उपमेयरको उम्मेदवार रहेकी कोपिला रानाभाटले ७१६ मतसहित अग्रता कायम गरेकी छन् भने एमालेकी उम्मेदवार मञ्जु गुरुङले ५८३ मत ल्याएकी छन् । साथै राप्रपाकी रञ्जिता सेनले ८२ मत प्राप्त गरेकी छन् ।