back
CTIZAN AD

गुल्मीको रेशुङ्गा नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका पन्थी र कुँवर विजयी

वि.सं.२०७९ जेठ १ आइतवार

1.3K 

shares

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सभापति खिलध्वज पन्थी विजयी भएका छन् ।

नेपाली कांग्रेस गुल्मी जिल्ला सभापति समेत रहेका पन्थीले ८ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा विजयी भएका हुन् ।

त्यसैगरी उपप्रमुख पदमा कांग्रेसकै अमृतादेवी कुवँरले ८ हजार १९ मत ल्याएर विजयी भएकी छन् ।

त्यस्तै नगर प्रमुखका उम्मेदवार रहेका नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले ७,३२० मत ल्याएका थिए भने उपप्रमुखमा एमाले उम्मेदवार रीता पाण्डेले ७,२३१ मत प्राप्त गरेकी थिइन् ।

२३ हजार ५३१ मतदाता रहेको उक्त नगरपालिकामा १६ हजार २३९ मत खसेको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगरपालिकाका १० वडामा नेपाली कांग्रेस र ४ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

वि.सं.२०७९ जेठ १ आइतवार ०७:०९ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...