काठमाडौं । शुक्रबार सम्पन्न स्थानीयतह निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ ।
शनिबारदेखि गणना गरिएको मत परिणाम अनुसार दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
प्राप्त मत परिणाम अनुसार दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा ३२०० मत ल्याएर माओवादी केन्द्रका छविराम सुवेदी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढा मगरले २५४४ मत प्राप्त गरेका छन् । साथै एमालेका शशिराम विश्वकर्माले १९२० मत ल्याएका छन् ।
त्यसैगरी उपप्रमुखमा २८३४ मत ल्याएर एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी कांग्रेसकी अमृता सिंहले २४ सय ५ र एमालेकी गीता चन्दले १९१८ मत प्राप्त गरेका थिए ।
वि.सं.२०७९ जेठ १ आइतवार ०६:५० मा प्रकाशित






























