काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले अग्रता कायम गरेकी छन् ।
शुक्रबार सम्पन्न स्थानीयतहको निर्वाचनको जारी मत गणना अनुसार भरतपुर महानगरपालिकामा २५०० मत गणना गर्दा रेनु दाहालले ९८० मत प्राप्त गर्दै अग्रता कायम गरेकी छन् भने उनलाई पछ्याउँदै नेकपा एमालेका विजय सुवेदीले ८७१ मत ल्याएका छन् ।
त्यसैगरी स्वतन्त्र उम्मेदवार रहेका जगन्नाथ पौडेलले ३२६ मत ल्याएर तेस्रो बनेका छन् ।
भरतपुरमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच गठबन्धनको साझा उम्मेदवार रेनु दाहाल रहेकी छन् भने एमालेले राप्रपासँग चुनावी तालमेल गरेको छ ।
वि.सं.२०७९ जेठ १ आइतवार ०६:३५ मा प्रकाशित






























