बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका-१को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भुवनसिंह थापा विजयी भएका छन् । थापा २ हजार ३९१ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केहरसिंह थापाले २ हजार १६९ मत प्राप्त गरेका छन् । केहरसिंह निवर्तमान वडाध्यक्ष हुन् । सैनामैनामा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल थियो ।
सैनामैना नगरपालिकाको जारी मत गणनामा मेयरमा कांग्रेसका फणिन्द्र शर्मा र उपमेयरमा माआवादी केन्द्रका मानबहादुर महतले अग्रता लिएका छन् भने एमालेका मेयरका उम्मेदवार चित्रबहादु कार्की र उपमेयरमा विना मगरले पछ्याइरहेका छन् ।
वि.सं.२०७९ जेठ १ आइतवार १२:२२ मा प्रकाशित






























