back
CTIZAN AD

तमानखोला गाउँपालिकाको अध्यक्षमा कांग्रेसका बुढा पुनः निर्वाचित

वि.सं.२०७९ जेठ १ आइतवार

858 

shares

काठमाडौं । बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढा निर्वाचित भएका छन् । बुढाले २ हजार ७०७ मत ल्याएर अध्यक्षमा पुनः निर्वाचित भएका हुन् ।

यसअघि पनि बुढा २०७४ सालको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका थिए । तमानखोलामा कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा भए पनि जिल्लाका अरु स्थानीय तहमा सत्तारुढ दलबीच चुनावी तालमेल भएको थियो ।

बुढाका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार देवबहादुर पुनले १ हजार ९९५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार देवेन्द्र छन्त्यालले ३९२ मत प्राप्त गरेका छन् ।

गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रसकी हिरा कुमारी छन्त्याल २ हजार ७१९ मत प्राप्त गरी विजयी भएकी छन् । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष उम्मेदवार निसु रसाइलीले १ हजार ९५८ मत प्राप्त गरेकी छन् ।

वडाध्यक्षमा वड नम्बर १मा नेकपा माओवादी केन्द्रका थमबहादुर रोका, वडा नम्बर २मा नेकपा माओवादी केन्द्रका नारायण सुनार, वडा नम्बर ३मा नेपाली कांग्रेसका झकबहादुर बुढा, वडा नम्बर ४मा नेकपा माओवादी केन्द्रका छवि श्रीपाली, वडा नम्बर ५मा नेपाली कांग्रेसका हिराबहादुर श्रीपाली र वडा नम्बर ६मा कांग्रेसकै चित्र छन्त्याल निर्वाचित भएका छन् ।

वि.सं.२०७९ जेठ १ आइतवार १४:५२ मा प्रकाशित

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

ठुलीपोखरी-खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

ठुलीपोखरी-खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

पर्वत । तीन दशकअघि मार्ग खुलेको यहाँको दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठुलीपोखरी–खौला...

विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौँ  ।  दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज विश्व...

‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’

‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको...

नवलपरासीमा आगलागी, बाह्र घर जले

नवलपरासीमा आगलागी, बाह्र घर जले

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरका...