back
CTIZAN AD

२८ पालिकाको अन्तिम नतिजा सार्वजनिक, कुन दलले कहाँ जिते ?

वि.सं.२०७९ जेठ १ आइतवार

663 

shares

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत २८ पालिकामा मतगणना सकिएको छ । मतगणना सकिएका पालिकामध्ये १२ पालिका जित्दै नेकपा एमाले अग्रस्थानमा छ भने ९ पालिका जित्दै नेपाली कांग्रेस दोस्रो प्रतिस्पर्धीको रुपमा उभिएको छ ।

त्यस्तै, माओवादी केन्द्रले देशभरका ५ वटा पालिका जितेको छ भने एकीकृत समाजवादीले २ पालिका जितेको छ ।

समाचार तयार पार्दासम्म देशभर मतगणना भइरहेका पालिकामध्ये १९० पालिकामा एमालेले अग्रता लिइरहेको छ भने कांग्रेसले २६३ पालिकामा अग्रता कायम गरेको छ । त्यस्तै माओवादी केन्द्रले ११०, एकीकृत समाजवादीले १२, जसपाले २६, लोसपाले ७ र स्वतन्त्रसहित अन्य उम्मेदवारहरुले २७ ठाउँमा अग्रता कायम गरेका छन् ।

कहाँ कसले जिते ?

एमालेले जितेका १२ पालिका

१. मिङमा छिरी शेर्पा, खुम्बु पासाङल्हामु, सोलुखुम्बु
२. लोकेन्द्रबहादुर घले, चामे, मनाङ
३. कान्छा घले, मनाङ ङिस्याङ, मनाङ
४. प्रदिप गौचन, थासाङ, मुस्ताङ
५. लोप्साङ छोम्पेल विष्ट, लो-घेकर दामोदरकुण्ड, मुस्ताङ
६ टसी न्हर्वु गुरुङ, लोमन्थाङ, मुस्ताङ
७. रिङजीन नामगेल गुरुङ, वारागुङ मुक्तिक्षेत्र, मुस्ताङ
८. बेगप्रसाद गर्बुजा, मालिका, म्याग्दी
९. प्रकाश ओझा, बौदीकाली, नवलपरासी (पूर्व)
१०. धावा सम्डुक गुरुङ, शे फोक्सुण्डो, डोल्पा
११. प्रकाशबहादुर रोकाया, थलारा, बझाङ
१२. मानवीर बोहरा, साइपाल, बझाङ

कांग्रेसले जितेका ९ पालिका

१. कोन्जो तेन्जीङ लामा, नार्पा भूमि, मनाङ
२. धनबहादुर गुरुङ, नासोँ, मनाङ
३. मोहन सिंह लालचन, घरपझोङ, मुस्ताङ
४. जोकलाल बुढा, तमानखोला, वाग्लुङ
५. सरोजकुमार थापा, गुल्मीदरबार, गुल्मी
६. खिलध्‍वज पन्थी, रेसुङ्गा, गुल्मी
७. कर्णबहादुर रावल, खार्पूनाथ, हुम्ला
८. भैरवबहादुर साउद, बडीकेदार, डोटी,
९. ईन्द्रबहादुर कार्की, गन्यापधुरा, डडेल्धुरा

माओवादी केन्द्रले जितेका ५ पालिका

१. अरुणादेवी राई, जन्तेढुंगा, खोटाङ
२. धनबहादुर विक, ताराखोला, वाग्लुङ
३. छविराम सुवेदी, नौमुले, दैलेख
४. नारासिं रोकाया, जगदुल्ला, डोल्पा
५. भक्त सिंह ठेकरे ९बोहरा०, अपिहिमाल, दार्चुला

एकीकृत समाजवादीले जितेका २ पालिका

१. अंगदकुमार राना, काईके, डोल्पा
२. सेनाङ गुरुङ, छार्का ताङसोङ, डोल्पा

नोट : समाचार डेक्सकाे असावधानीका कारण यसअघि गलत तथ्यांक गएको प्रति हामी क्षमाप्रार्थी छौं । गलत तथ्यांक सच्याउन सुझाब दिने पाठकप्रति कृतज्ञता व्यक्त गर्दछौं । धन्यवाद ।

वि.सं.२०७९ जेठ १ आइतवार १५:०६ मा प्रकाशित

गृहमन्त्री सुधन गुरुङको राजीनामा, विवादपछि पद त्याग

गृहमन्त्री सुधन गुरुङको राजीनामा, विवादपछि पद त्याग

काठमाडाैँ । काठमाडौंमा गृहमन्त्री पद सम्हालेका सुधन गुरुङ ले आफ्नो...

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

काठमाडौँ । ऊर्जा क्षेत्रजस्तो दीर्घकालीन प्रभाव पार्ने क्षेत्रमा समन्वय, निरन्तरता...

सुदन किरातीद्वारा प्रलोपा परित्याग, नयाँ यात्राको घोषणा

सुदन किरातीद्वारा प्रलोपा परित्याग, नयाँ यात्राको घोषणा

काठमाडाैँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किराती...

तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन

तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन

जनकपुरधाम । यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम...

दुर्गा प्रसाईँविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर

दुर्गा प्रसाईँविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर

काठमाडौं । मेडिकल व्यवसायी तथा दुर्गा प्रसाद प्रसाईँविरुद्ध काठमाडौं जिल्ला...

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज (बाँके) । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प...