back
CTIZAN AD

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, प्रधानमन्त्री देउवाले गरे स्वागत

वि.सं.२०७९ जेठ २ सोमवार

816 

shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक दिने नेपाल भ्रमणका क्रममा लुम्बिनी आइपुगेका छन् । उनी भारतीय वायु सेनाको हेलिकप्टरमार्फत बिहान साढे १० बजे भैरहवा ओर्लीएका थिए ।

विमानस्थलमा नओर्लिएका मोदी भैरहवामा उनका लागि निर्माण गरिएको हेलिप्याडमा ओर्लिएका थिए । मोदीलाई हेलिप्याडमै पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए ।

मोदी भैरहवा ओर्लिए लगत्तै सिधै मायादेवी मन्दिरतर्फ लागेका थिए । मोदीले नेपाल ओर्लिलगत्तै “बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी भएको” भन्ने प्रतिक्रिया दिएका छन् ।

काठमाडौं ओर्लि लगत्तै उनले ट्विटरमा लेखेका छन्, “नेपाल आइपुगेको छु। बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भूत जनताहरुमाझ हुन पाउँदा खुशी लागेको छ। लुम्बिनीमा हुने कार्यक्रमहरुमा सहभागी हुने अपेक्षामा छु।”

बुद्ध जयन्तीको अवसरमा एक दिने भ्रमणमा आएका मोदी गौतम बुद्धको पूजा, आराधना पछि छोटो राजनीतिक भेटवार्तासँगै स्वदेश फर्किने छन् । उनको आज साँझ ५ बजे स्वदेश फर्किने कार्यक्रम छ ।

वि.सं.२०७९ जेठ २ सोमवार १२:१५ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...