back
CTIZAN AD

कामपा वडा नं २ मा एमालेको प्यानल विजयी

वि.सं.२०७९ जेठ २ सोमवार

846 

shares

काठमाडौं । काठमाडौं महानगरपालिका-२ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले एक हजार ३७९ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत प्राप्त गरेका छन् ।

वडा सदस्यमा एमालेका पदमकाजी महर्जन, विमल गरुङ, महिला सदस्यमा पूर्णलक्ष्मी रजत, दलित महिला सदस्यमा ईश्वरी परियार विजयी भएकी मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।

पन्ध्र हजार ५५१ मत गणना हुँदा महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले छ हजार १६ मतसहित अग्रता कायम गरिरहेका छन् । एमालेका केशव स्थापितले तीन हजार १४१, कांग्रेसका सिर्जना सिंहले दुई हजार ७८१ र राप्रपाका मदनदास श्रेष्ठले ५५३ मत प्राप्त गरेका छन् । ५१२ मत बदर भएको छ ।

उपप्रमुखमा एमालेकी सुनिता डङ्गोलले अग्रता कायमै राखेकी छन् । डङ्गोलले छ हजार १७३ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठ एक हजार ६९० र राप्रपाका बिनिता मगैयाले एक हजार ३१४ मत प्राप्त गरेकी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिले ३, ४, ५, ३१ र ३२ नं वडाको मत गणना जारी छ । वडा नम्बर १ को वडाध्यक्षमा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ विजय भइसकेका छन् ।

वि.सं.२०७९ जेठ २ सोमवार १३:१६ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...