back
CTIZAN AD

बन्दीपुर गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

वि.सं.२०७९ जेठ ३ मंगलवार

783 

shares

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका सुरेन्द्र थापा र उपाध्यक्षमा नेपाली कांग्रेसका पञ्चमाया गुरुङ विजयी भएकी हुन् । अध्यक्षमा ६३ र उपाध्यक्षमा दुई मतको अन्तर परेको छ ।

अध्यक्षमा निर्वाचित थापाले तीन हजार २२९ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का पूर्णसिं थापाले तीन हजार १६६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा विजयी गुरुङले तीन हजार २७ मत प्राप्त गरेकी छन् । उनकी प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)की करुणा गुरुङले तीन हजार २५ मत प्राप्त गरेकी छन् ।

छ वटा वडामध्ये बन्दीपुरमा नेकपा एमालेले तीन, नेकपा माओवादी केन्द्रले दुई र नेपाली कांग्रेसले एक वडा जितेको छ । एमालेले वडा नं १, ४ र ६, नेकपा माओवादी केन्द्रले २ र ५ तथा कांग्रेसले ३ नं वडा जितेको छ । कूल १५ हजार ६३८ मतदातामध्ये निर्वाचनमा १० हजार २०५ मत खसेको थियो ।

वि.सं.२०७९ जेठ ३ मंगलवार २१:०६ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...