back
CTIZAN AD

ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

वि.सं.२०७९ जेठ ३ मंगलवार

990 

shares

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ तीन हजार ३३५ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार श्रीराम आलेले तीन हजार ३३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका हरिराज कँडेलले दुई हजार ७९२ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा गिनुमाया थापा चार हजार ४२९ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनकी प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका मधुसिं थापाले तीन हजार ४८९ मत प्राप्त गरेका छन् । विजयी थापा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

१८ हजार ८३८ मतदाता रहेको गाउँपालिकामा १० हजार ६७७ मत खसेको थियो । आठ वडा रहेको गाउँपालिकामा नेपाली कांग्रेसले पाँच, स्वतन्त्र उम्मेदवारले दुई र नेकपा माओवादी केन्द्रले एक वडामा जीत हासिल गरेको छ ।

वि.सं.२०७९ जेठ ३ मंगलवार २१:४२ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...