back
CTIZAN AD

पाल्पाको रिब्दीकोटको अध्यक्षमा माओवादी केन्द्रका नारायण बहादुर कार्की विजयी

वि.सं.२०७९ जेठ ३ मंगलवार

744 

shares

आयुष थापा, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नारायण बहादुर कार्कीले विजयी भएका छन् ।

माओवादी केन्द्र रिब्दीकोटको अध्यक्ष समेत रहेका कार्कीले एमालेबाट उम्मेदवार रहेका नारायण बहादुर जिसीलाई ९७८ मतले हराउँदै विजयी भएका हुन् ।

गठबन्धनबाट माओवादी केन्द्रको उम्मेदवार बनेका कार्कीले ५ हजार ७०४ मत ल्याएर विजयी हुँदा एमालेका जिसीले ४ हजार ७२६ मत ल्याएर पछि परेका थिए ।

May be an image of 1 person and outdoors

त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेकी लक्ष्मी खनाललाई पछि पार्दै कांग्रेसकी कान्ता अधिकारीले जित हात पारेकी छन् । अधिकारीले ५ हजार ४७९ मत ल्याएर विजयी हुँदा खनालले ४ हजार ९३६ मत ल्याएकी थिइन् ।

वडा नं ४ मा जनमोर्चाको प्यानलै विजयी
त्यसैगरी रिब्दीकोटको वडा नं ४ को अध्यक्षमा जनमोर्चाका सोम बहादुर कार्कीको प्यानलै विजयी भएको छ ।

No description available.

कार्कीले ८८४ मत ल्याए विजयी हुँदा एमालेका उम्मेदवार तेज बहादुर पोखरेलले ५९० मत ल्याएका थिए ।

त्यस्तै सदस्यहरुमा जनमोर्चाकै राजेन्द्र नेपाल, दुर्गा प्रसाद ढकाल, पविता खाम्चा, धना रुचाल विजयी भएका छन् ।

No description available.

May be an image of 8 people, people standing and outdoors

 

वि.सं.२०७९ जेठ ३ मंगलवार २०:०० मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...