
आयुष थापा, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नारायण बहादुर कार्कीले विजयी भएका छन् ।
माओवादी केन्द्र रिब्दीकोटको अध्यक्ष समेत रहेका कार्कीले एमालेबाट उम्मेदवार रहेका नारायण बहादुर जिसीलाई ९७८ मतले हराउँदै विजयी भएका हुन् ।
गठबन्धनबाट माओवादी केन्द्रको उम्मेदवार बनेका कार्कीले ५ हजार ७०४ मत ल्याएर विजयी हुँदा एमालेका जिसीले ४ हजार ७२६ मत ल्याएर पछि परेका थिए ।
त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेकी लक्ष्मी खनाललाई पछि पार्दै कांग्रेसकी कान्ता अधिकारीले जित हात पारेकी छन् । अधिकारीले ५ हजार ४७९ मत ल्याएर विजयी हुँदा खनालले ४ हजार ९३६ मत ल्याएकी थिइन् ।
वडा नं ४ मा जनमोर्चाको प्यानलै विजयी
त्यसैगरी रिब्दीकोटको वडा नं ४ को अध्यक्षमा जनमोर्चाका सोम बहादुर कार्कीको प्यानलै विजयी भएको छ ।
कार्कीले ८८४ मत ल्याए विजयी हुँदा एमालेका उम्मेदवार तेज बहादुर पोखरेलले ५९० मत ल्याएका थिए ।
त्यस्तै सदस्यहरुमा जनमोर्चाकै राजेन्द्र नेपाल, दुर्गा प्रसाद ढकाल, पविता खाम्चा, धना रुचाल विजयी भएका छन् ।