
काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१९७ नमुना परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण देखिएको हो । आज थपिएका १९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ९१६ पुगेको छ ।
त्यसैगरी आज निको भएका ८ जनासँगै नेपालमा हालसम्म ९ लाख ६६ हजार ९२१ जना निको भएका छन् । साथै कूल संक्रमित मध्ये हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेको छ ।
त्यस्तै हाल १४९ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु सबैजना होम आइसोलेशनमा रहेका छन् । हाल आइसीयु र भेन्टिलेटरमा उपचार गर्नेको संख्या शून्य रहेको छ ।
पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण, ९ जना संक्रमणबाट मुक्त