back
CTIZAN AD

प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमाले विजयी

वि.सं.२०७९ जेठ ३ मंगलवार

849 

shares

काठमाडौंं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रमा पर्ने माडी नगरपालिकामा नेकपा (एमाले)ले मेयर जितेको छ । निवर्तमान उपमेयरसमेत रहेकी ताराकुमारी काजी महतोले ९ हजार ९०१ मत प्राप्त गर्दै मेयरमा जित हात पारेकी हुन् ।

महतो निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका ऋषिराम काफ्लेले ७ हजार ७२९ मत पाएका छ्न् । महतो र काफ्लेबीचको मतान्तर २ हजा १७२ छ ।

उपमेयरमा भने नेपाली कांग्रेसका खेमप्रसाद महतो जितेका छन् । उनले ६ हजार ८३० मत ल्याएर जित्दा एमालेसँगको तालमेलमा उपमेयरका उम्मेदवार बनेका मदन पौडेलले ५ हजार ४० मत मात्रै ल्याउन सके ।

स्वतन्त्र उम्मेवार बनेका कृष्ण पौडेलले उपमेयरमा ३ हजार ८६ मत ल्याए । उनी कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र भई उम्मेदवार बनेका हुन् ।

९ वटा वडा रहेको माडीमा राप्रपाले वडा नं. १ र ८, माओवादीले २,४,५ र ९, समाजवादीले ३ र ७ तथा एमालेले वडा नं. ६ मा जित हात पारेको छ ।

माडीमा अघिल्लो पटक माओवादी केन्द्रका नेता ठाकुर ढकालले एकल उम्मेदवार बनेर मेयर जितेका थिए ।

वि.सं.२०७९ जेठ ३ मंगलवार १७:३९ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...