मोरङ । मोरङको लेटाङ नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
एमालेका मेयरका उम्मेदवार भूपेन्द्रकुमार लावती विजयी भएका छन् । लावती १० हजार २२७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी गठबन्धन (कांग्रेस)का उम्मेदवार ज्ञानेन्द्र ढकालले ८ हजार १०५ मत प्राप्त गरेका छन् ।
यसैगरी, उपमेयरमा एमालेका उम्मेदवार कृष्णकुमारी पोखरेल विजयी भएकी छन् । पोखरेलले ९ हजार ४६० मत प्राप्त गर्दै विजयी बनेकी हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णप्रसाद लम्सालले ४ हजार ९०५ मत प्राप्त गरेका छन् ।
वि.सं.२०७९ जेठ ४ बुधवार ११:२९ मा प्रकाशित






























