
काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख १२ हजार ४४२ मतको गणना सकिएको छ ।
मतगणनाको सुरुवातदेखि नै अग्रता कायम गरेका स्वतन्त्र उम्मेदवार बालेन साहले निकै फराकिलो मतान्तर बनाएका छन् । आइतबार मध्यान्हसम्म साहले दोस्रो प्रतिस्पर्धी सिर्जना श्रेष्ठले भन्दा १७ हजार बढी मत ल्याएका छन् । साहले ४० हजार ३ मत पाएका छन् ।
मध्यान्हसम्म गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार सिर्जना सिंहले २२ हजार ७४९ मत पाएकी छिन् । त्यस्तै एमालेका उम्मेदवार केशव स्थापितले २२ हजार ९५ मत पाएका छन् । मतगणनाको सुरुवातदेखि नै दोस्रो प्रतिस्पर्धी बनेका स्थापितलाई सिंहले उछिनेकी छिन् ।