back
CTIZAN AD

पर्वतीय पदयात्रीलाई निःशुल्क स्वास्थ्य उपचारमा ‘हिमालयन उद्धार सङ्घ’

वि.सं.२०७९ जेठ ११ बुधवार

582 

shares

काठमाडौँ । हिमालयन उद्धार सङ्घ नेपालले नेपाली पर्वतीय पदयात्रीलाई निःशुल्क स्वास्थ्य उपचार प्रदान गर्दै आएको छ ।वसन्त तथा शरद ऋतुमा हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०३० मा स्थापना भएको सङ्घले बर्सेनि तीन हजारभन्दा बढी स्वदेशी तथा विदेशी आरोहीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

सङ्घले सोलुखुम्बुको सगरमाथा आधार शिविर (५,३५० मिटर), सोलुखुम्बुको फेरिचे (४,२५० मीटर), मनाङको मनाङ गाउँ (३,५५० मिटर) र रसुवाको गोसाइँकुण्ड (४,३८० मिटर)मा स्वास्थ्यचौकी निर्माण गरी स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । गोसाइँकुण्डमा भने जनैपूर्णिमाको मेला भर्न गएका तीर्थयात्रीलाई लक्षित गरेर हरेक वर्ष स्वास्थ्य सेवा प्रदान गर्दै आएको सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष हरि धरेलले समग्र पर्वतीय पर्यटनको विकास र विस्तार गर्दै सरकारसँगको सहकार्यमा राज्यको पहुँच नपुगेको हिमाली क्षेत्रमा पुगेरसङ्घले स्वास्थ्यसेवा प्रदान गर्दै आइरहेको जानकारी दिए ।

“हामीले वार्षिक शरद र वसन्त ऋतुमा गरेर तीन हजारभन्दा बढी स्वदेशी, विदेशी पर्वतीय पदयात्री तथा आधारशिविरमा बसोबास गर्दै आएका स्थानीयवासीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका छौँ”, उनले भने । स्वदेशी पदयात्रीलाई निःशुल्क स्वास्थ्य उपचार प्रदान गर्दै आएको सङ्घले विदेशी पदयात्रीलाई भने थोरै शुल्क लिँदै आएको छ ।

सङ्घले नेपाल मेडिकल काउन्सिलबाट स्वीकृत लिएका चिकित्सकलाई मात्र कार्यक्षेत्रमा खटाउने गरेको छ । उनिहरुले ‘माउण्टेन मेडिसिन’ मा दक्षता हासिल गरेका हुन्छन् । हिमाल आरोहण गर्न जाने पदयात्रीको उपचारका लागि विदेशी चिकित्सकसमेत आउने गरेका छन् ।

सङ्घले सन् २०१८ मा तीन हजार १३, सन् २०१९ मा तीन हजार २८९, सन् २०२० मा ११५ र सन् २०२१ मा ९३६ पर्वतीय पदयात्रीलाई स्वास्थ्य सेवा प्रदान गरेको सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले जानकारी दिए । सन् २०२० र २१ मा भने कोरोनाका कारण पर्वतीय पदयात्री घटेका छन् ।

सङ्घले सन् २००३ देखि सगरमाथा आधारशिविरमा स्वास्थ्य शिविर स्थापना गरी प्रत्येक वर्ष वसन्त ऋतुमा स्वास्थ्य शिविर सञ्चालन गरी सगरमाथा आरोही, सपोर्ट स्टाफ एवं त्यहाँ जाने अन्य व्यक्तिलाई स्वास्थ्य सेवा पु¥याउँदै आएको छ । यस्तै, फेरिचेमा सन् १७७३, मनाङगाउँमा सन् १९८० र गोसाइँकुण्डमा सन् १९९७ देखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको अध्यक्ष धरेलले बताए ।

सङ्घले लेक लाग्ने रोगको रोकथामका लागि प्रभावकारी रुपमा सूचना सम्प्रेषण गर्ने उद्देश्यले होर्डिङ बोर्ड राख्ने, पर्चा छपाइ वितरण गर्ने, पर्यटन सम्बद्ध पत्रिकामा सूचना छपाउने, स्कूल, कलेजका विद्यार्थीलाई तालिम प्रदान गर्नेलगायतका काम गर्दै आएको छ ।

यसैगरी, सरोकारवालासँग सहकार्यमा पर्यटक गाईड एवं पर्यटक सहयोगीलाई तालिम दिनेजस्ता कार्य पनि सञ्चालन गर्दै आएको छ । सङ्घले नेपाली सेनासँगको सहकार्यमा सफा हिमाल अभियानसमेत सञ्चालन गर्दै आएको छ ।

 

वि.सं.२०७९ जेठ ११ बुधवार १५:१० मा प्रकाशित

राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास

राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण...

तरकारीले पाएन मूल्य

तरकारीले पाएन मूल्य

चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

 सात वर्षीय बालकले राखे कीर्तिमान

 सात वर्षीय बालकले राखे कीर्तिमान

पोखरा । ‘हिमालले उमेर सोध्दैन, केवल साहस र दृढ इच्छाशक्ति...

पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण

पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण

राँझा (बाँके) । सिक्टा सिँचाइ आयोजनाले सिँचाइका लागि नहरमा पर्याप्त...

बँदेलको आक्रमणबाट मृत्यु

बँदेलको आक्रमणबाट मृत्यु

बरहथवा (सर्लाही) । जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको...