काठमाडौं । एनआईसी एसिया बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । बैंकको हालै बसेको संचालक समितिको बैठकले राठीलाई साउन १ गतेदेखि लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
राठी यस अघि बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख तथा विभिन्न इकोसिष्टमहरुको प्रमुखका रुपमा रहिसकेका छन् । उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत कर्मचारी हुन् ।
राठी तत्कालीन बैंक अफ एसियाको विराटनगर शाखा प्रबन्धकको रुपमा २०६४ सालमा बैंकको सेवामा जोडिएका थिए । राठीले २० वर्ष लामो बैंकिङ क्षेत्रमा काम गरेको अनुभव संगालेका छन् ।
वि.सं.२०७९ जेठ ११ बुधवार १५:१४ मा प्रकाशित






























