Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

यात्रा जम्मा २० मिनेटको



nepal-yatyat‘उ यहाँ रहेछ सिट बस्न मिल्छ होला !’  अन्दाजी २७ वर्षकी युवतीले मेरो छेउमा सिट देखाउँदै बुक गर्न खोजिन् । ‘ हजुर उता पट्टि जान मिल्छ की ?’ युवती सँगै आएका एक यूवकले मलाई छेउको सिट देखाए ।

आखिर उभिनु पर्ने होइन क्यारे, उता सर्दा उनीहरु सँगै बस्न पाउने भए भन्दै म छेउमै गए ।

‘बुढाले फोन गर्न सक्छन्, के भन्ने ?’ सीटमा बस्दाको शुरुमै युवतीले सोधिन् ।

‘ भेटेर पैसा बुझे अनि घर लागिसके भन्देउ न…’ लामो टन्टो किन सोध्नु प¥यो ..?’ ती युवतीसँग अस्वभाविक टसाइमा रहेका युवकले सिकाए ।

‘हिजो फोन गर्दा मलाई कस्तो होलाउ भन्ने सोचेको थियौं नी !’ केटाले जिज्ञासा राखे ।

‘धोद्रो स्वर लागेको थियो, अलिक बुढो होला भन्ने सोचेकी थिए मान्छे त सोचेभन्दा ठिटो र हैन्डसम पो रहेछौं…’ युवतीले ‘तिमी’ साइनो लगाएर सरल र सहज उत्तर दिइन् ।

‘ मैले पनि तिमी यति राम्री हौली भनेको थिइन, हिजो प्लेनबाट झर्दासाथ फोन गरेको तिम्लाई नै हो, अर्काकी श्रीमतीलाई के भनु भनेर हिजो अलि गा¥हो भएको थियो । रातीको रमाइलो कुरा र बिहानको मिठास बोलीले मलाई अलिक.. सजिलो भयो नी !’ युवकले विस्तार गर्न खोजे ।

‘झर्दा साथ मलाई फोन गरेको रे..! तिम्रो अरु थिएन की क्या हो… गाउँमा त होला नी आफ्नै…!, अरुले देख्लान नी हात अलि पर लैजाउ न’ युवतीले आग्रह गरिन् ।

‘ या.. आफूलाई कस्तो मन थियो, बसपार्कमै मैले २ दिनलाई रुम लिएको थिए… उता जाँदा ढुक्क हुन्थ्यो नी !’ युवकले अलि धक फुकाएर बोल्न थाले ।

‘ मलाई बसपार्क जाने खालको सोच्यौ कि क्याहो… ?’ युवतीले कडा प्रश्न गर्दै केटाको टाउकोमा प्याट्ट पारिन् ।

‘ त्यस्तो सोचेको त होइन, एकदिन बस्दा पनि ढुक्क होस् भनेर पो’ पछाडिबाट चिमोट्दै युवतीलाई उत्तर दियो युवकले ।

‘छ्या यो नेपाल यातायातमा त सीसीटिभी हुन्छ के…! ख्याल गर्नु’ युवतीले जिस्कने पाराबाटै उत्तर दिइन् ।

‘ल नभन्दै बुढाको फोन आयो…’ मोबाइल देखाउँदै केटासँग साउती गर्दै फोन उठाइन् युवतीले ।

‘ जुनु कता छौं तिमी, पैसो बुझ्यौ त ?’ फोनमा उताबाट सोधियो । ‘७३,९०० रुपैयाँ बुझेर फर्कदै छु ।’ युवतीले उत्तर दिइन् ।

‘ कतिबेला भेट्यौ त, त्यसलाई मैले डरलरमै पैसा दिनु भनेको थिए नेपालीमा पो दिएछ हैन ?’ उताबाट सोधनी आयो ।
‘ खोइ, पैसा गन्नु भनेर खाममा दिएको थियो गने, बुझे र धन्यवाद दिए अनि उ आफ्नो बाटो लाग्यो, म आफ्नो बाटो…’ सँगैको युवकले आफ्नो हाँसो दवाएर थेग्यो ।

‘ यताउता चिया, कोक खाउँ भनिनौ.. ?’ उताबाट जिज्ञासा आयो ।
‘भनिन्, मैले बेकारमा केटा मान्छे के कस्तो…?’ फेरि हजुरले पनि मलाई त्यसरी भनिसिएन…!’ युवतीले उत्तर दिइन् ।

‘ उसले त भन्ने पर्ने नी ! त्यसले पनि भनेन छ, है !’ कतिबेला फोन गरेर कहाँ बोलाएको थियो उसले …!’ केरकारको भाषामा उताबाट सोधिरह्यो ।

‘आज एक्कासी फोन गरेर महाराजगँज चक्रपथमा बोलायो, नेपाल चढेर गएँ, नेपाल चढेर फर्के…।’

‘ हिजो साँझ तिमीसँग कुरा भयो, भोली दिन्छु भनेर म्यासेजमा खबर गरेको थियो उसले त ! तिमी फेरि एक्कासी फोनको कुरा गर्छेउ …’ उताबाट फेरि सोध्यो ।

‘ ए, ए हिजो साँझ फोन गरेको रहेछ, तरकारी किन्ने बेलामा राम्रो बुझिएको थिएन, पैसा दिन बोलाएको त आजै हो….’ अलिकति असहज हुँदै युवतीले उत्तर दिइन् ।

‘ ल, ल घर गएपछि फोन गर्छु… गाडीमा भीड छ…’ युवतीले छोट्याउन खोजिन् ।

‘ ४ घण्टापछि ड्युटी ब्रेक हुन्छ अनि कुरा गरौला’ उताको संवाद अन्त्य भयो ।

‘कुरो मिल्यो नी त अब …ढुक्क भयो होइन !’ अरुलाई हेरेर युवतीले ठेलेजस्तो गरी युवकले चिमोट्यो ।

‘ ३ घण्टा त ढुक्क बसिन्छ…३:३० मा केटाकेटी लिन स्कुल जाने हो…’ युवतीले आत्मवल दिइन् ।

‘ चक्रपथबाट ११:१० मा चलेको गाडी पुतलीसडक आउँदा ११:३० भएको थियो…उनीहरु रमिदै गफिँदै र कहिलेकाँही चिमोट्दै पछिल्लोसिटमा थिए । शायद उनीहरु गन्तव्यमै पुगे होलान् । म भने पुतलीसडकमै झँरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रेम, परियार नर्वे । प्रवासी नेपाली एकता मन्च नर्वेले आयोजना गरेको मैंत्रीपूर्ण टि –१०

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले थापाथलीस्थित नर्भिक अस्पताललाई २४ घण्टे निर्देशन दिएका

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्

काठमाडौं । पर्वतको जलजला गाउँपालिका धाइरिङ ७ मा विद्युतीय दुर्घटनामा परेर १ जनाको मृत्यु