back
CTIZAN AD

नेपाल–भारत संयुक्त सैन्य अभ्यास सम्पन्न

वि.सं.२०७३ चैत ८ मंगलवार

969 

shares

८ चैत, काठमाडौँ । भारतको पिथौरागढस्थित ‘पन्जाव रेजिमेन्ट’ व्यारेकमा सञ्चालन भएको नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘इन्डो–नेपाल संयुक्त अभ्यास एक्स–सूर्यकिरण–एघारौँ’ संस्करण सोमबार सम्पन्न भएको छ ।

विपद् व्यवस्थापन, प्रतिविद्रोह तथा जङ्गल वारफेयर जस्ता विषयहरु समावेश गरी सञ्चालन भएको उक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी सुधिर केसीको नेतृत्वमा ३१४ र भारतीय सेनाबाट ३५० गरी जम्मा ६६४ जनाको नफ्रि समावेश भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उक्त अभ्यासको समापनका क्रममा नेपाली सेना र भारतीय सेनाले संयुक्तरुपमा प्रदर्शन गरेको ‘सेरेमोनियल ड्रिल’को भारत उत्तराखण्डको जिओसी लेफ्टिनेन्ट जनरल ललित पाण्डेय तथा नेपाली सेनाका सुदूरपश्चिम पृतनापति उपरथी दिपकप्रसाद भारतीले निरीक्षण गर्नुभएको थियो ।

वि.सं.२०७३ चैत ८ मंगलवार ०३:५० मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...