८ चैत, काठमाडौँ । भारतको पिथौरागढस्थित ‘पन्जाव रेजिमेन्ट’ व्यारेकमा सञ्चालन भएको नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘इन्डो–नेपाल संयुक्त अभ्यास एक्स–सूर्यकिरण–एघारौँ’ संस्करण सोमबार सम्पन्न भएको छ ।
विपद् व्यवस्थापन, प्रतिविद्रोह तथा जङ्गल वारफेयर जस्ता विषयहरु समावेश गरी सञ्चालन भएको उक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी सुधिर केसीको नेतृत्वमा ३१४ र भारतीय सेनाबाट ३५० गरी जम्मा ६६४ जनाको नफ्रि समावेश भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
उक्त अभ्यासको समापनका क्रममा नेपाली सेना र भारतीय सेनाले संयुक्तरुपमा प्रदर्शन गरेको ‘सेरेमोनियल ड्रिल’को भारत उत्तराखण्डको जिओसी लेफ्टिनेन्ट जनरल ललित पाण्डेय तथा नेपाली सेनाका सुदूरपश्चिम पृतनापति उपरथी दिपकप्रसाद भारतीले निरीक्षण गर्नुभएको थियो ।