back
CTIZAN AD

छैटौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा २० करोडको कारोबार

वि.सं.२०७३ चैत ८ मंगलवार

780 

shares

mela८ चैत, काठमाण्डौं । छैटौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला करिब रु २० करोडको कारोबार गर्दै सोमबार समापन भयो ।

पाँचदिने उक्त मेला करिब दुई लाखले अवलोकन गरेका तथा झण्डै रु २० करोडको कारोबार भएको अनुमान मेला आयोजक नेपाल उद्योग वाणिज्य महासङ्घले गरेको छ ।

सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला आगामी २०७४ को चैतमा नै आयोजना गर्ने निर्णय भएको र त्यसका लागि दुईसय वटा प्रदर्शनी स्टल आरक्षण भइसकेका महासङ्घका सञ्चार अधिकृत विदुर लामिछानेले बताउनुभयो । मेलामा उच्च हिमाली भेगका कृषि उत्पादन, जडीबुटीहरु तथा रोजगारी मेलामा धेरैको भीड लागेको थियो । तेत्तीसवटा रोजगारदाता कम्पनी सहभागी रोजगारी मेलामा ५०० जनाले रोजगारीका लागि आवेदन गर्ने अवसर पाएका थिए ।

नेपाली उत्पादन तथा सेवाहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने र अन्तर्राष्ट्रिय जगत्मा उद्योग व्यवसाय क्षेत्रले पछिल्लो पटक अवलम्वन गरीरहेको प्रविधिगत ज्ञान तथा संयुक्त सहकार्यका सम्भाव्यताका सम्बन्धमा स्वदेशी एवम् विदेशी उद्यमी व्यवसायीबीच अन्तरक्रियाका माध्यमबाट मुलुकभित्र उद्यम व्यवसाय विस्तारमा सघाउ पु¥याउने उद्देश्यले सरकारको सहयोगमा महाङ्घले करिब एक दशकदेखि काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको मेला आयोजना गर्दै आएको छ ।

यसैबीच, महासङ्घले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणसम्बन्धी सम्पूर्ण काम गर्ने जिम्मेवारी चैत ३ गतेको मन्त्रिपरिषद्ले वाणिज्य मन्त्रालयलाई दिएकोमा त्यसको स्वागत गरेको छ ।

वि.सं.२०७३ चैत ८ मंगलवार ०३:३९ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

काठमाडौं । प्रोग्रेसन होल्डिङ्स लिमिटेड (साबिक प्रोग्रेसन प्रोजेक्ट्स लिमिटेड) ले आफ्नो...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...

अटोमोवाइल क्षेत्रमा नयाँ नियम चुनौतीपूर्ण, नाडा र भन्सार विभागबीच छलफल

अटोमोवाइल क्षेत्रमा नयाँ नियम चुनौतीपूर्ण, नाडा र भन्सार विभागबीच छलफल

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल का प्रतिनिधिहरूले अटोमोवाइल...