back
CTIZAN AD

शिक्षा र स्वास्थ्यको बजेट कटौतिबारे अर्थमन्त्रीलाई योगेशको प्रश्न – के कमिसन नआउने भएर हो ?

वि.सं.२०७९ जेठ १७ मंगलवार

675 

shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सचिव योगेश भट्टराईले शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा बजेट कटौती गरिएकोमा आपत्ति जनाएका छन् । मंगलबार संसद बैठकमा बजेटमाथिको छलफलमा बोल्दै भट्टराईले अघिल्लो वर्षभन्दा शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौती गरिएको आरोप लगाएका हुन् ।

सांसद भट्टराईले शिक्षा क्षेत्रमा १० प्रतिशत हाराहारीमा पनि बजेट नछुट्याइएको बताए । उनले अर्थमन्त्री जनार्दन शर्मालाई कमिसन नआउने भएर शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा बजेट कटौती गरिएको हो भन्ने प्रश्न गरेका छन् ।

“टिकटकमा भिडियो आएको छ, उहाँ प्रतिनिधिसभाको सदस्य हुँदा एउटा इन्टरभ्यु दिनुभएको रहेछ”, उनले भने, “शिक्षा र स्वास्थ्यमा २० प्रतिशत बजेट हुनुपर्‍यो, त्यो भिडियोमा उहाँले किन बजेट बढाउँदैनन् भन्दा त्यहाँबाट कमिसन आउँदैन भन्नुभएको रहेछ। अहिलेको बजेटमा उहाँले शिक्षा र स्वास्थ्यमा बजेट २० प्रतिशत पनि पुर्‍याउनु भएन। अब अर्थमन्त्रीलाई सोध्न चाहन्छु– शिक्षा, स्वास्थ्य क्षेत्रबाट कमिसन नआएर बजेट नबढाउनुभएको हो ?”

वि.सं.२०७९ जेठ १७ मंगलवार १४:०७ मा प्रकाशित

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

संगीता राई, धरान (सुनसरी) । साँझ पर्न थालेको छ ।...

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी संचालन

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी संचालन

मुग्लिन (चितवन) । नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...