काठमाडौं । ‘रिफर एन्ड अर्न’ अफर मार्फत ‘आइएमई पे’ मोबाईल वालेटले बोनस दिने भएको छ । आइएमई पेले प्रयोगकर्ता माझ ‘रिफर एन्ड अर्न’ अफरमा रु. २५ बोनस दिने भएको हो ।
यस अफर अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको “रिफर कोड” आफ्नो साथी-भाइ माझ शेयर गर्दा प्रापकले सो कोड स्वीकारेर आइएमई पे एप डाउनलोड गरी केवाइसी रुजु भएर प्रयोग गरे पश्चात् दुवै जनाले रु. २५ आफ्नो आइएमई पे वालेटमा पाउने छन् । कम्पनीका अनुसार प्रयोगकर्ताहरुले एउटा रिफर कोड धेरै पटक प्रयोग गर्न सक्ने छन् ।
‘आइएमई पे’ मोबाईल वालेट प्रयोगकर्ताहरुले आफ्नो आइएमई पे एपको “रिफर फ्रेन्ड“ भागबाट वा जततउकस्ररबउउ।ष्mभउबथ।अयm।लउरष्लिपकरष्लखष्तभ बाट रिफर कोड प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
आफ्नो सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन दिने उदेश्यले आइएमई पेले यस अफरलाई ल्याएको जनाएको छ । यस अफरले अवस्थित सेवाग्राहीहरु पनि यस एप निरन्तर रुपमा प्रयोग गर्न सानो प्रोत्साहन दिने आइएमई पेले विश्वास लिएको छ ।
वि.सं.२०७९ जेठ १८ बुधवार १६:३६ मा प्रकाशित






























