Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

बिहेकै दिन दुलहीले छोरा जन्माएपछि…



बिवाहकै दिन दुलहीले बच्चा जन्माएपछि विवाह नै रद्ध गर्नुपरेको छ । यो घटना हो स्कटल्याण्डको स्टर्लिङ्शायरको । यहाँ दुलहीले विवाहकै दिन नै बच्चालाई जन्म दिएपछि निकै हंगामा भएको र दुवै जोडीले निकै दुःख खेप्नुपरेको थियो । यो घटनापछि विवाहमा उपस्थित सबै पाहुना पनि फर्किनु परेको थियो ।

समाचार ऐजेन्सीका अनुसार बेहुली पहिले नै गर्भवती रहेको र बच्चा जन्माउने समय एकमहिना रहेको थियो । तर, विवाहको दिनमै उनलाई व्यथाले च्यापेपछि विवाह नै रद्द गरेर तत्काल अस्पताल लैजानु परेको थियो । जहाँ उनले बच्चालाई जन्म दिइन् । उनीहरुले शिशुको नाम रोरी इयान विलियम चिथम राखेका छन् ।

रेबेका म्याकमिलन र निक चिथम नामका ती जोडीले बिवाहकै दिन छोरा जन्माएर सबैलाई अचम्म पारिदिएका छन् । दुलही रेबेकाले आफ्नो विवाहलाई यादगार बनाउन चाहेको बताएकी छिन् ।

उनीहरु दुवैजनाले पाँचवर्षसम्म एकअर्कालाई डेट गरेका थिए । जब युवतीले बच्चा जन्माउने समय आयो तब उनीहरुले विवाह गर्ने निर्णय गरे । ‘हामी विवाहको मिति लम्ब्याउन चाहन्थ्यौं, तर कोरोना महामारीपछि जीवन निकै छोटो र अप्रत्याशित छ भन्ने महसुस भयो ।’ दुलही रेबेकाले भनिन् ।

विवाहको दिन सन्तान जन्मिएपछि दम्पतीले ठूलो घाटा बेहोर्नुपरेको थियो । ‘द मिरर’ मा प्रकाशित रिपोर्टका अनुसार विवाह रद्द भएपछि उनीहरुले १२ लाख रुपैयाँको घाटा बेहोरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडाैं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा